मरिचमान नर्भिकको आइसियुमा
३० साउन, काठमाडौं,
स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मंगलबार राति एअर एम्बुलेन्सबाट काठमाडौं फर्काइएका पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई थापाथली स्थित नर्भिक अस्पतालको भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था अत्यन्त नाजुक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
फोक्सोमा क्यान्सर लागेर थलिएका श्रेष्ठलाई दिल्ली स्थित मेदान्त अस्पतालमा उपचार गराउन लगिएको थियो । त्यस उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि स्वदेश फर्काइएको हो। उनको बोली बन्द भएको र मान्छेलाई चिन्न छोडेको अस्पताल स्रोतले जनाएको छ ।
श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बुधबार बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापा अस्पताल पुगेका छन्। श्रेष्ठलाई साढे तीन महिना अघि फोक्सोमा क्यान्सर देखिएको थियो। उनी २०४२ देखि २०४६ सालसम्म प्रधानमन्त्री थिए। सल्यान खलंगा स्थायी घर भएका उनी राजधानीको धापासीमा बस्दै आएका छन्।