पूर्वप्रधानमन्त्री मरिचमानसिंहको निधन
३१ साउन, काठमाडौं
पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको बिहीबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७१ वर्षीय श्रेष्ठको बिहान ३ बजे काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अहिले श्रेष्ठको शवलाई धापासीस्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिका स्रोतले जनायो । फोक्सोमा क्यान्सर लागेर थलिएका श्रेष्ठलाई दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराउन लगिएको थियो । त्यहा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि स्वदेश फर्काइएको हो।
उनी २०४२ देखि २०४६ सालसम्म नेपालका प्रधानमन्त्री थिए। सल्यान खलंगा स्थायी घर भएका उनी राजधानीको धापासीमा बस्दै आएका थिए।