क्यान विघटन : पाण्डेको अध्यक्षतमा तदर्थ समिति

काठमाडौं, २० कात्तिक । सरकारले नेपाल क्रिकेट संघको कार्यसमिति विघटन गर्दै विनयराज पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाण्डेको अध्यक्षमा श्रीहर्ष कोइरालालाई उपाध्यक्ष र महासचिवमा रमेश शिलवाल रहेको तदर्थ समिति गठन गरेको हो ।

पाण्डे क्यानको पूर्व अध्यक्ष हुन् । लामो समयसम्म निर्वाचन गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद्ले टंक आङबुहाङको नेतृत्वमा तदर्थ समिति बनाएर चुनाव लगाएको थियो ।

निर्वाचित अध्यक्ष टंक आङबुङसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेपछि क्यानको कार्यबाहक अध्यक्षको जिम्मेवारी टीबी शाहले सम्हाल्दै आएका थिए ।

स्रोतका अनुसार कोइराला कांग्रेसको कोटाबाट र शिलवाल एमालेको कोटोबाट परेका हुन् । श्रीहर्ष कोइराला वीपी कोइरालाका छोरा हुन् भने शिलवाल एमालेसम्वद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष समेत हुन् ।