क्रिकेट प्रतियोगिता गर्दै एनआएन ओमान
मस्कट । ओमानमा कार्यरत नेपालीहरु बीच क्रिकेट प्रतियोगिता हुन भएको छ । अग्रेजी नयाँ वर्षको अवसर पारेर एनआएन ओमानले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । गोब्रा क्रिकेट मैदानमा हुने प्रतियोगितामा ८ टिम सहभागी बताइएको छ ।
गतबर्ष आयोजित अन्तर नेपाली क्रिकेट प्रतियोगितामा उल्लेख्य मात्रामा नेपालीहरुको नेपालीहरुको उपस्थिति भएकाले यसवर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको एनआरएन ओमानका युवा तथा खेलकुद संयोजक संञ्जय शाहले बताए । विजेतालाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक शाहले जानकारी दिए । प्रतियोगिता २६ डिसेम्बर शुक्रबार हुनेछ ।
बैदेशिक रोजगारको शिलशिलामा ओमानमा रहेका नेपालीहरुबीच भाइचार अभिवृद्धिका लागि एनआरएन ओमान विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।


