सन् २०१४ सम्झाउने केही चर्चित तस्वीर
![]() |
| सिरियामा करिव दुई बर्षदेखि चलिरहेको युद्धले यो बर्ष पनि हजारौंको ज्यान लियो । तस्वीरमा एलेप्पो शहरमा बिष्फोटबाट ज्यान बचाएका एक नाबालकलाई काखमा लिँदै एक अधैबैसे स्थानीय । |
![]() |
| फेब्रुअरीमा रसियाको समर्थनप्राप्त तत्कालिन युक्रेनी राष्ट्रपतिबिरुद्धको प्रर्दशनका क्रममा स्वतन्त्रता स्क्वायरमा प्रर्दशनीकारीले कब्जा जमाउँदै । |
![]() |
| जुनमा आयोजित बिश्वकपअघि ब्राजिलको रियो दि जेनेरियाको सुकुम्बासी बस्तीमा अबैधानिक यौन अखडामाथि आक्रमण गर्दै प्रहरी । |
![]() |
| ब्राजिलको एमाजोन नदी किनारमा बस्ने इन्डियनहरू जो कहिल्यै पनि मानव बस्तीसँग घुलमिल भएनन् । हेलिकोप्टरबाट उनीहरुको बस्तीमाथि पुगेर तस्वीर खिच्न खोज्दा उनीहरु आक्रामणमा उत्रिए । |
![]() |
| रसियाको सैनिक स्कूलका बिद्यार्थी अप्रिल महिनामा दुवै हातमा राइफल लिएर पोज दिँदै । |
![]() |
| अप्रिलमा नाइजेरियाको अबुजामा भएको बम बिष्फोटमा री ७१ जनाले ज्यान गुमाएपछि आफन्तहरु भावबिह्ल अबस्थामा । |
![]() |
| अप्रिलमा अफगानिस्तानमा भएको राष्ट्रपति निर्वाचनमा सडक संजाल नपुगेको ठाउँमा गधाले मतपेटिका ढुवानी गर्दै । |
![]() |
| बिश्वकपका दौरान उरग्वेका लुइस स्वरेज इटालीका जर्जियो चिलिनीको काँधमा टोकेपछिको अबस्थामा यसरी क्यामेरामा क्याप्चर भए ।स्वरेजलाई फिफाले नौ वटा अन्तराष्ट्रिय खेलको प्रतिबन्ध लगाएको थियो । |
![]() |
| जुलाईमा इजरायलले गाजापट्टीमा गरेको हवाई आक्रामणपछिको बिष्फोट र आगजनी । सात हप्ता चलेको युद्धमा २ हजार २ सयले ज्यान गुमाए । |
![]() |
| जुलाईमा मलेसियाली एयरलाइन्सको यात्रुबाहक जहाज रसियाली सीमा नजिक युक्रेनी आकाशमा रकेट प्रहार गरि खसालिएपछिको भग्नावशेष । |
![]() |
| स्लामिक स्टेट अर्थात आइएसआईएसका लडाकूको आक्रामणपछि स्थानीय अल्पसंख्यकहरु आफ्ना बस्तुभाउसहित सिरियाली सीमातिर भाग्दै । |
![]() |
| गाजामा इजरायली आक्रमणबाट बिष्फोट भएको घर पुरिएका १० बर्षे बालकलाई शकुशल उद्दार गरिँदै । |
![]() |
| अमेरिकाको क्यालिफोर्नियामा खडेरीका कारण सुकेको ओरोभिल ताल । अगष्ट महिनामा यो ताल झण्डै खुख्खा हुने अबस्थामा पुग्यो । |
![]() |
| फर्गुसनमा भएको प्रर्दशनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको असर कम गर्न एक प्रर्दशनकारीले दूधले मुख धुँदै । |
![]() |
| प्यालेस्टाइनको हमासले इजरायलमा आक्रमण गर्न भूमीगत टनेलहरुको प्रयोग गर्दछ । रोयटर्सका फोटोपत्रकारले ती टनेलभित्र पुगेर हमासका लडाकूको तस्वीर खिचे । |
![]() |
| सन् २०१३ को डिसेम्बरदेखि पश्चिम अफ्रिकामा सुरु भएको इबोला रोगको महामारीले हजारौैंको ज्यान लियो । तस्वीरमा लाइबेरियाकी एक महिला इबोलाका कारण ढलेका आफ्ना पतिको अगाडी बिलौना गर्दैछिन् । |
![]() |
| अगष्टमा इजिप्टको मध्यस्ततामा हमास र इजरायलवीच भएको युद्धबिरामपछि गाजापट्टीका हातमा बन्दुक लिएर खुसी मनाउँदै । |
![]() |
| सेप्टेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीले स्वीकृति प्रदान गरेका उम्मेदवारमात्र चुनाव लड्न पाउने ब्यबस्थापछि हङकङका स्थानीयबासी सडक प्रर्दशनमा उत्रिए । प्रर्दशन अहिले पनि जारी छ । |
![]() |
| छठका अबसरमा भारतको यमुना नदीमा फोहोरका वीच स्नान गरिरहेका स्थानीय भक्तजनहरु । |




















