लक्ष्मणले क–कसलाई लगाए आरोप


काठमाडौं । ‘एउटा साथी’ निर्देशक लक्ष्मण सुबेदी अब स्क्रिप्ट राइटर पनि भएका छन् । उनले लेखेको स्क्रिप्टलाई ‘आरोप’ नाम दिदै निर्देशक अमर ओलीले फिल्म बनाउने भएका हुन् । राजधानीको भद्रकालीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुहुर्त गरियो । दिलासा क्रियशनको ब्यानरमा तयार हुने फिल्ममा किशोर खतिवडा र संचिता लुइँटेलसँगै देखिने भएका छन ।

‘नाई न भन्नु ल ३’ बाट लामो समयको बिश्राम पश्चात फिल्मीनगरीमा कम्ब्याक गरेकी संचिताको यो लिड रोल रहेको भने कम्ब्याकपछिको पहिलो फिल्म हो । ‘नाई न भन्नु ल ३’मा उनि अतिथि भूमिकामा छिन । दिनेश पाठक र विजय सापकोटाको लगानीमा बन्ने यस फिल्मलाई वीरेन्द्र भट्टले खिच्दैछन् ।

कमेडी , एक्सनसंगै लभ रोमान्स पनि रहने यस फिल्ममा किसोर र संचितासंगै सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टराईलगायतको अभिनय रहनेछ । लेखक सुबेदीले फिल्मको कथा कमर्सियल रहेको बताए भने निर्देशक ओलीले कथालाई न्याय गर्ने बताए । फिल्मको छायांकन मङ्सिर २३ देखि नवलपरासीबाट शुरु हुनेछ ।