ओली निवासमा पदाधिकारी बैठक
काठमाडौं, २१ मंसिर । सोमवारदेखि शुरु हुने केन्द्रीय कमिटीको ‘बिजनेश बैठक’का एजेण्डा तय गर्न नेकपा एमालेको पदाधिकारी बैठक बसिरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा स्थायी कमिटी तथा पोलिटव्यूरोको निर्वाचन, केन्द्रीय सदस्यहरुको कार्य बिभाजन लगायतका आन्तरिक विषयहरुमा छलफल भइरहेको छ ।
एमाले महाधिवेशन सम्पन्न भएको ५ महिना पुग्न लाग्दा पनि पार्टी संस्थागत रुपमा चल्न नसकेको र कार्यकारी निकायहरु गठन नभएको भन्दै ओलीको आलोचना भइरहेका बेला सोमवारदेखि चल्ने बैठकले सबै विषय टुंगो लगाउने ओलीले बताएका छन् । यसअघि पोलिटव्यूरो सदस्य निर्वाचनका लागि बिधानको व्यवस्थामा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच विवाद भएपछि कुनै पनि निर्णय हुन सकेको थिएन ।
महासचिव इश्वर पोखरेलले समूहका आधारमा निर्वाचन गरेर भन्दा सहमतिका आधारमा दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका बरिष्ठतम व्यक्तिलाई समेट्दै केही योग्यतम नया युवाहरुलाई मिलाएर पोलिटव्यूरो चयन गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
एमाले बिधान अनुसार केन्द्रीय कमिटीको एक तिहाईमा नबढ्ने गरि पोलिटव्यूरो सदस्यको निर्वाचन हुनुपर्छ । जस अनुसार यसपटक बढिमा ५५ सदस्यीय पोलिटव्यूरो चयन हुनेछ जसमा पदाधिकारी स्वतः पर्नेछन् । पदाधिकारी र बरिष्ठ नेता माधव नेपाल बाहेक बढिमा ३९ जना पोलिटव्यूरो सदस्य चयन गरिने एमालेले जनाएको छ । स्रोतका अनुसार संस्थापन पक्षले नेपाल पक्षलाई १२ देखि १५ जनासम्मको नाम दिन आग्रह गर्नेछ ।
पदाधिकारी बैठकमै कार्य बिभाजन र स्थायी समिति तथा पोलिटव्यूरोको बारेमा टुंगो लगाएर केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने योजना नेतृत्वले बनाएको छ । माधव नेपाल पक्षले भने पार्टी अध्यक्ष ओलीले संस्थागत पद्दतिभन्दा बाहिर गएर एकल मनोमानी गरेको भन्दै आपत्ति जनाएको छ ।
पदाधिकारी बैठकमा सोमबार बस्ने केन्द्रीय कमिटी बैठक र मंगलबारदेखि शुरु हुने संविधानसभा बैठकमा पार्टीले खेल्ने भुमिकाबारे छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । संविधान लेखनमा सक्रिय हुनुपरेको र आन्तरिक गृहकार्य गर्नुपरेको कारण देखाउदै अध्यक्ष ओलीले १४ कात्तिकमा एक दिनमात्रै बैठक बसेर २२ मंसिरसम्मका लागि स्थगित गरेका थिए ।