सार्वजनिक कार्यक्रममै मन्त्रीले खैनी माडेर खाएपछि...
सुनसरी, १० पुस । सरकारले सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गर्न कानुन बनाएको छ । सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यक्तिलाई जरिवानासमेत तोकिएको छ ।
कानुन कार्यान्वयन गर्ने क्रममा सरकारले कयौं सर्वसाधरणलाई सजाय समेत दिएको छ । तर त्यही सरकारका एक मन्त्री भने सार्वजनिक कार्यक्रमस्थलमै सुर्ती खाँदै गरेका भेटिए ।

सुनसरीको धरान उपमहानगरपालिका–२६ स्थित विष्णुपादुकामा बुधबार भएको एक कार्यक्रमस्थलको मञ्चमै कृषिमन्त्री हरिप्रसाद पराजुलीले धुमपान गरे । सरकारले सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनिकरण तथा नियमन गर्ने विद्येयक–२०६८ ले मन्त्री पराजुलीलार्इ कुनै असर गरेन ।
कृषिमन्त्री पराजुलीले मञ्चमै बसेर सुर्ती माड्दै खाएको दृश्य देख्ने अन्यले जिब्रो टोकेका थिए । कानुनको ख्यालै नगरी निर्धक्कसँग सुर्ती मोलेर खाएका मन्त्री पराजुलीलाई भने नेपाल सरकारको कुनै काननुले छोएन । सरकारले सार्वजनिक स्थानमा धुमपान गर्नेलार्इ पहिलो पटक भेटेमा एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।