डिजेलमा प्रति लिटर ७ रुपैयाँ भाउ घट्दा भाडा १५ पैसामात्रै घट्दै
काठमाडौं, ८ पुस । : दुई वर्षअघि भाडा समायोजन गर्दाताकाको भाउ भन्दा डिजेलको मूल्य अहिले प्रति लिटर सात रुपैयाँ घटिसकेको छ। तर सरकारले भोलिदेखि लागू गर्न लागेको नयाँ भाडादरमा काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रको न्युनतम भाडामा १५ पैसा मात्रै घट्ने छ।
गएको असोज यता पेट्रोलको मूल्य १३.७६, डिजेल तथा मट्टितेलमा ११.६८ प्रतिशत मूल्य घटिसकेको भएपनि यातायात व्यवस्था विभागले भने एक प्रतिशत मात्रै भाडा घटाएको छ।
पेट्रोलियम पदार्थको भाउ घटेसँगै यातायात व्यवस्था विभागले बनाएको नयाँ भाडादर अनुसार शुन्यदेखि चार किलोमिटरसम्म १५ रुपैयाँ, पाँच किमीसम्म १६, ६ किमीसम्म १८ तथा आठ किमीसम्म १९ रुपैयाँ भाडा तोकिएको छ। यस्तै १० किमीसम्म २१, १५ किमिसम्म २२, १६ किमीसम्म २५, १९ किमीसम्म २६ तथा १९ किमीभन्दा माथि २७ रुपैयाँ भाडा तोकिएको छ।
हुँदैन राहत
विभागले काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा एक प्रतिशतका दरले गाडी भाडा घटाए पनि तत्कालका लागि घटाइएको भाडाले यात्रुलाई कुनै राहत गर्दैन। अहिलेको छोटो दूरीको न्यूनतम भाडा १५ रुपैयाँ छ। यसरी हेर्दा एक प्रतिशत भाडा घटाउने हो भने जम्मा १५ पैसा मात्रै घट्छ। यो घटाइएको १५ पैसा न गाडीवालाले यात्रुलाई फिर्ता गर्न सक्छ न यात्रुले अब भाडा तिर्दा १४ रुपैयाँ ८५ पैसा तिर्न नै सक्छ।

विभागको आफ्नै तर्क
यातायात व्यवस्था विभाग भने तेलको भाउ घट्दैमा गाडी भाडा पनि त्यही अनुपातमा नघट्ने दावी गर्छ। विभागका प्रवक्ता मुक्ति केसीका अनुसार २०६५ सालमा बनाइएको वैज्ञानिक भाडा कायम गर्ने कार्यविधि अनुसार पेट्रोलियम पदार्थको भार जम्मा ३५ प्रतिशत मात्रै पर्छ।
'तेलको भाउको वेटेज ३५ प्रतिशत मात्रै हो,' केसी भन्छन्, 'सवारी कर, चालकको तलब भत्ता, सुविधालगायतका बढ्दै गएको अवस्थामा भाडा यहाँ भन्दा कम गर्न सक्ने अवस्था छैन।'
सरकारले २०६९ फागुन २५ गते भाडा समायोजन गरेपछि पहिलो पटक अहिले भाडा घटाएको हो।