चौध वर्षमा एउटा पुल, नेतापत्नीले चढाइन् हलेसीमा फूल
ओखलढुंगा, ८ पुस । १४ वर्षको लामो प्रतिक्षापछि सुनकोशी नदीमा मोटर गुड्ने पुल उदघाटन हुँदै गर्दा टोक्सेलका ७१ वर्षीय हुमनाथ गौतम निरश अनुहार लगाएर पुलतिर एकोहोरो हेरिरहेका थिए ।
उनले मोटर गुड्ने पुल उदघाटन गर्न मन्त्री र सभासदहरु हेलिकोप्टरमा आएको दृश्य पनि एकटक हेरिरहे । तर, उदघाटनको रौनक उनलाई पटक्कै मन परेन । त्यसपछि नदी किनाराको डिलबाट उठेर घरतिर हिँडे । ‘उमेर हुञ्जेल यो पुल बनाइदिएनन्, पापीहरुले मिलेर पुलको पैसा खाए’ गौतमले भने ‘अब मर्नेबेलामा पुलमा गाडी गुडेर के फाइदा ?’ उनले पुलका नाममा राजनीति फस्टाएको आरोप लगाए ।
ठेक्का लागेको १४ वर्षपछि लागतभन्दा ६ करोड बढी खर्चेर निर्माण भएको २ सय ७० मिटर लामो सुनकोशी पुल सोमबार उदघाटन भयो । तर, उदघाटन समारोहमा खुसीभन्दा आक्रोश र बहिस्कारका नारा लागे ।
काठमाडौंबाट १ सय ८५ किलोमिटर पूर्व मध्यपहाडी राजमार्गको यो पुल उदघाटनका लागि मन्त्री बिमलेन्द्र निधी केही सभासद र आफन्तसहित सेनाको हेलिकोप्टरबाट सुनकोशीको बगरमा उत्रिएका थिए । पुल उदघाटन गर्न गएका मन्त्री मोटरबाटोको साटो हेलिकोप्टरमा थिए । केही सभासद, श्रीमती, छोरा र छोराका भारतीय साथीलाई समेत लिएर गएका थिए । राज्यको खर्चमा हेलिकोप्टर चढेका उनीहरु पहिले खोटाङको हलेशी महादेव दर्शन गरेर सुनकोशीमा उत्रिएका थिए ।
पुल उदघाटनका लागि मन्त्रीसँगै पाँच जिल्लाका करीव एक दर्जन सभासद पनि पुगेका थिए । यस्तो लाग्थ्यो, उनीहरुले धेरै ठूलो पुन्य गरेका छन् । तर, पुल उदघाटन गरेर जब मन्त्री र सभासद कार्यक्रमस्थलतिर लागे, त्यसपछि एक स्थानीयले भने-‘१४ वर्षसम्म पुल बन्न नदिने, राज्यको २० करोड सिध्याउने, उल्टै अहिले बहादुरी गरेजस्तो देखाउने ?’

जनताको आक्रोश आउन सक्ने बुझिसकेका ओखलढुंगा १ का सभासद यज्ञराज सुनुवारले अघिल्लै दिन रात्रीबसबाट टोक्सेल पुगेर स्थानीयसँग छलफल गरिसकेका थिए ।‘यो पुल ठेकेदारको लापरवाहीले मात्र होइन, ठूलो राजनीतिका कारण १४ वर्षसम्म अलपत्र परेको हो,’ सुनुवारले उदघाटन समारोहमै भने, ‘हामीले जस्तो अन्य जिल्लाका जनताले भोग्न नपरोस् ।’
माथिल्लो सगरमाथाको प्रवेशद्वार मानिने घुर्मी-टोक्सेल जोड्ने सुनकोशी पुल किन १४ वर्षसम्म बन्न सकेन ? स्थानीयको प्रश्नको जवाफ मन्त्री निधी र सभासदहरुले दिन सकेनन् । सोही क्षेत्रबाट निर्वाचित सभासद रामहरी खतिवडाले बिगतमा जे भए पनि आफूहरुले चुनाव जितेपछि यो पुल बन्न सकेको दाबी गरे । पुल उदघाटन समारोह दलका सभासदहरुबीच जस लिने प्रतिस्पर्धाको मञ्चजस्तो देखिन्थ्यो ।
ओखलढुंगा, खोटाङ, सोलुखुम्बुदेखि भोजपुरसम्म जनताको यात्रा र जनजीवनलाई यो पुलले सहज बनाउनेछ । तर, एक लेनको पुल, त्यसमा पनि पुलसम्म पुग्ने सडक नै धरापमा रहेकाले यो पुलको दीर्घकालीन सञ्चालनमाथि उदघाटन समारोहमै प्रश्न उठेको छ ।
त्यही भएर होला, स्थानीय जनता पुल उद्घाटन हुँदा खुसी भन्दा पनि आक्रोशित देखिन्थे । ‘यो पुलको नाममा धेरैको राजनीति चल्यो, धेरैले पैसा कमाए, हामी जनताले केही पाएनौं’ टोक्सेलका शम्भु अधिकारी भन्दै थिए । ‘उनको २५ सिटे हेलिकोप्टरको भाडा भौतिक पूर्वाधार मन्त्रालयले घुर्मीबाट पुलसम्म जोड्ने सडक निर्माणमा लगाएको भए गाडी पास गर्ने बाटो बन्नेथियो,’ अधिकारीले भने, ‘पुल त बन्यो, अब पुलसम्म आउने सडक नै छैन ।’
जुन ठाउँमा पुल बनेको छ, त्यो पुलको मुखको करीव ५ सय मिटर सडक पहिरोको चपेटामा छ । हिउँदमै गाडी पास नहने सडकमा वर्षातका बेला गाडी पास भएर पुल तर्ने अवस्था देखिँदैन ।