लोग्नेमान्छे ट्रेलर सार्वजनिक
लय संग्रौला निर्देशित चलचित्र ‘लोग्नेमान्छे’को टेलर सार्वजनिक गरिएको छ । चलचित्र माघ २३ देखि प्रर्दशनमा आउने छ । प्रदीप मित्तलको निर्माणमा तयार भएको नारीप्रधान चलचित्र लोग्नेमान्छेमा दिलीप रायामाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् ।
केही समय अघि सर्वाजनकि गरिएका चलचत्रिका गीत अहिले चार्चामा छन् । चलचित्रमा चेतन सापकोटाको संगीत र स्वरुपराज आचार्य, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी र अञ्जु पन्तको स्वर रहेको छ । त्यस्तै कृष्ण श्रेष्ठको छायाँकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । सामाजिक विषय उठान गरिएको लोग्नेमान्छे पारिवारिक फिल्म भएको परिकल्पनाकार उत्तम केसीले बताए । गीत÷संगीतले चार्चा पाइरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने पनि केसीले बताए ।


