कुन कुन बैंकमा छ दरबारको सेयर ?
काठमाडौं, २३ मंसिर । राज संस्थाको नाममा रहेको ८१ हजार ९ सय ४२ कित्ता सेयर सरकारले आफ्नो स्वामित्वमा लिएको छ। नेपाल ट्रस्टअन्तर्गत रहने गरी नबिल बैंकको एक लाख ४४ हजार ४ सय ७२, नेपाल औद्योगिक विकास निगममा ६ हजार ७ सय ५० र होटल डेला अन्नपूर्णको ३० हजार ७ सय २० कित्ता सेयर सरकारको मातहतमा ल्याइएको हो।
होटल डेला अन्नपूर्णको थप १५ हजार कित्ता सेयर केही समय पहिलेमात्रै पत्ता लागेको हो। त्यसैगरी गत असोज मसान्तसम्म विभिन्न बैंकहरूमा २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको र ४५ हजार ४५ बेलायती मुद्रासमेत ट्रष्टले आफ्नो स्वामित्वमा ल्याएको छ।
त्यस्तै पूर्व राजपरिवारको स्वामित्वमा रहेको थप १५ हजार २७३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको छ।धादिङ र नुवाकोट जिल्लामा रहेको सो जग्गालाई सरकारले हालै ट्रष्टको स्वामित्वमा ल्याएको सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नागार्जुन दरबारले चर्केको जग्गा धादिङ र नुवाकोट जिल्लामा अवस्थित रहेको भन्दै ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालले बाँकी जग्गा भने नुवाकोटको थानसिङमा फेला परेको जानकारी दिए।
हालसम्म २२ हजार ५ सय १८ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा ट्रष्टले संरक्षण गरिरहेको छ।मुलुकभर रहेका चल अचल सम्पत्तिको खोजबिन जारी रहेको भन्दै सहसचिव अर्यालले सुराक दिनेलाई उचित पुरस्कारको प्रबन्ध गर्न नसक्दा सही तथ्याङ्क प्राप्त हुन नसकेको बताए।
'पूर्व राजपरिवारको सम्पत्ति अझै पनि स्वदेश तथा विदेशमा रहेको भन्ने अनौपचारिक सूचना ट्रष्टसँग रहेको भएपनि आवश्यक प्रमाण पुर्याउन नसक्दा एकीकृत गर्न सकिएको छैन,' सहसचिव अर्यालले भने।