१० वर्षदेखि पैसाको बलमा छात्रवृत्ति

काठमाडौं, २३ मंसिर । एमबिबिएस तथा मेडिकल विषयको छात्रवृत्ति छनौट परीक्षाको प्रश्नपत्र विगत एक दसकदेखि नै परीक्षा अगावै मोटो रकम लिएर बिक्री हुने गरेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका अभियुक्तको प्रारम्भिक बयानले विगत एक दसकदेखि नै प्रश्नपत्र लाखौँ रकम लिएर बिक्री हुने गरेको खुलेको हो।

मंसिर २० गते १० लाख रुपैयाँ लिएर एमबिबिएस छात्रवृत्तिको प्रश्नपत्र ुआउटु गरेको आरोपमा अख्तियारले  काठमाडौँको बत्तीसपुतलीस्थित गोल्डेनगेट कलेजका निर्देशक देवीराम पान्डेसहित सात जनालाई पक्रेको थियो।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७१ को अवसरमा मंगलवार आयोगको काठमाडौंस्थित कार्यालयमा भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले प्रारम्भिक अनुसन्धानबाट १०र१५ वर्षअघिदेखि नै प्रश्नपत्र बिक्रीको धन्दा चलिरहेको पत्ता लागेको बताए।

ुप्रारम्भिक अनुसन्धानबाट १०र१५ वर्षदेखि नै यो धन्दाको ुनेक्ससु चलिरहेको पत्ता लागेको छ। पैसाको बलमा कति मान्छेले छात्रवृत्ति पाए होलान् र कति व्यक्तिले चिकित्सकको आवरणमा हाम्रो स्वास्थ्यमाथि खेलबाड गरे होलान्ु, कार्कीले भने, ुअहिलेलाई म यत्तिमात्र भन्छु, चाँडै नै यो नेक्सस सार्वजनिक हुन्छ।ु

अख्तियारले करिब एक महिनाको अनुसन्धानपछि छात्रवृत्तिको प्रश्नपत्र बिक्री हुने गरेको पत्ता लगाएको थियो। ुहामी एक महिनादेखि नै ट्रयाक गरिरहेका थियौँु, कार्कीले भने, ुहाम्रो एक महिना लामो स्टिङ अपरेसनबाट पैसाको आडमा योग्यता हासिल गरिएको भेटियो। अब उनीहरुको पनि खोजी सुरु हुन्छ।ु
यसरी भएको थियो अख्तियारको स्टिङ अपरेसन
एमबिबिएस लगायत चिकित्साशास्त्रका विभिन्न विषय अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिको प्रवेश परीक्षाको प्रश्नपत्र बिक्री हुने गरेको उजुरीका आधारमा अख्तियारले विगत एक महिनादेखि अनुसन्धान थालेको थियो। प्रश्नपत्र आउट गर्न उनीहरुले १० लाख रुपैयाँ एडभान्स लिएको उजुरी अख्तियारमा परेको थियो। 

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका अनुसार अख्तियारका अधिकृतहरुले एक महिनादेखि कठिन मेहनतका साथ ुस्टिङ अपरेसनु गरेका थिए।

ुहाम्रा कयौँ अधिकृत तीनहप्तासम्म कोचिङ सेन्टरमा विद्यार्थी बनेर पढ्नुभयो। उनीहरुलाई पक्कै समात्न सकिन्छ भनेर हामीले पैसा समेत खर्च गर्‍यौँु, कार्कीले भने, ुयसमा त ठूलो नेक्सस ९सञ्जाल० पो रहेछ।ु
ुक्षेत्राधिकारका नाममा अख्तियारलाई डिमोरलाइजु
क्षेत्राधिकारको प्रश्न उठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हतोत्साही ९डिमोरलाइज० गरिएको भन्दै प्रमुख आयुक्त कार्कीले आक्रोश व्यक्त गरे। हामी मेडिकल क्षेत्रको बेथिति सार्वजनिक गर्न लागिरहेका छौँ। यहाँ पनि हाम्रो क्षेत्राधिकारको प्रश्न उठ्लाु, कार्कीले भने, ुजबजब हामी कठिन र चुनौतीपूर्ण अनुसन्धानमा लागेका हुन्छौँ, हाम्रो क्षेत्राधिकारको कुरा गरेर डिमोरलाइज गरिन्छ।ु

चिकित्साक्षेत्रमा रहेको बेथिति जनसमक्ष ल्याउन यसमा संलग्न गलत व्यक्तिहरुलाई अदालतको कठघरामा पुर्‍याउने प्रमुख आयुक्त कार्कीले बताए। ुसबै कुरा हाम्रो हातमा छैन तर उपयुक्त समय पायौँ भने यो नेक्ससमा संलग्नलाई सार्वजनिक गर्छौँु, कार्कीले भने।

कार्कीले जतिसक्दो चाँडो मेडिकल क्षेत्रमा रहेको भ्रष्टाचार ुनेक्ससु मा संलग्नहरुको पर्दाफास गर्ने प्रतिबद्धता जनाए। ुपैसाको आडमा योग्यता हासिल गरी मानव स्वास्थ्यजस्तो गम्भिर विषयमा खेलबाड गर्ने ुविज्ञु हरुलाई समेत कारबाहीको दायरामा ल्याइने कार्कीले बताए।

ुहामी कत्ति पनि विचलित नभइकन जति नै शक्तिशाली व्यक्ति यसमा संलग्न भएको भए पनि विशेष अदालतमा मुद्दा हाल्छौँु, उनले भने, ुनेपाली जनताको जीवनमाथि खेलबाड गर्नेहरुलाई कुनै पनि हालतमा छोड्दैनौँ।ु

,