सदभावना कार्यकर्ताले ओलीको पुत्ला जलाए

काठमाडौं, २३ पुस । संघीय लोकतान्त्रिक मधेसी मोर्चाले बालुवाटार बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस मधेसीलाई होत्याउने काम गरेको भन्दै माफी नमागेसम्म एमालेसँग वार्ता नगर्ने निर्णय गरेको छ ।

मधेसी मोर्चाको बुधबार बसेको बैठकले ओलीले अभिव्यक्ति आपत्तिजनक भएको ठहर गरेको छ । बैठकमा ओलीले माफी नमागे एमालेसहितको बैठकमा सहभागी नहुने निर्णय गरेको सद्भावनाका महासचिव मनिष सुमनले बताए ।

बैठकपछि मधेसी मोर्चामा आवद्ध दलका अध्यक्षद्धारा संयुक्त विज्ञप्तिमा भनिएको छ-एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस र मधेसीलाई होच्याउने र सहमतिका लागि बन्दै गएको वातावरणलाई भाँड्ने काम गरेका छन् ।’

बुधबार विहान बालुवाटार बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेसका जिल्लाहरुलाई मधेसका प्रदेशहरुमा राख्नु पर्ने बताएपछि ओलीले युपी बिहारलाई पनि मधेस प्रदेशमा ल्याउने भन्दै प्रश्न गरेका थिए ।

सदभावना कार्यकर्ताले ओलीको पुत्ला जलाएयसैबीच आफ्ना नेतालाई अपमान गरेको भन्दै सदभावना पार्टीका कार्यकर्ताले बुधबार एमाले अध्यक्ष ओलीको पुत्ला जलाएका छन् । मधेसको सन्दर्भमा गैरजिम्मेववार अभिव्यक्ति दिएकाले नयाँ बानेश्वरमा सांकेतिक रुपमा पुत्ला दहन गरिएको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए ।

उनले मधेसी मोर्चाको आयोजनामा विहिवार देशैभरि ओलीको पुतला दहन गरिने जानकारी समेत दिए । ओलीले झापा, मोरङ, सुनसरी र कैलाली कञ्चनपूरलाई कुनै पनि हालतमा पहाडबाट अलग गरेर प्रदेश बनाउन नदिने अडान लिदै आएका छन् ।

,