एमाओवादीले बेरोजगार नेतालाई जागिर दिने

काठमाडौ, २७ मंसिर । एकीकृत नेकपा माओवादीले ६ महिनादेखि कार्यक्रमविहीन नेतालाई काम दिन ठोस योजना बनाउँन थालेको छ । एमाओवादीले असोज १ मा बोलाएको केन्द्रीय समितिको बैठक पटक पटक सरेर २८ मंसिरमा बस्दैछ ।

एमाओवादीका केन्द्रीय कार्यालय सचिव तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले ६/७ महिनादेखि केन्द्रीय कार्यक्रम नभएको बताए । ‘असार-साउनमा राज्य तहका प्रशिक्षण चलिरहेका थिए, केन्द्रमा अन्र्तसंघर्ष चर्किदा हुँदाहँदैका कार्यक्रम पनि रोक्नुपर्यो, त्यसपछि केन्द्रको कार्यक्रम कुनै भएको छैन,’ उपाध्यायले भने ।

विराटनगर सम्मेलनपछि बनाइएका प्रशिक्षण पुरा नहुँदै रोकिएका थिए । रोकिएका जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाका सम्मेलन हुन सकेका छैनन् । संविधान निर्माणमा पार्टी केन्दि्रत बन्ने भने पनि मूल नेतृत्व र सभासद्बाहेक अन्य नेता कार्यकर्ताको यसमा कुनै भूमिका देखिएको छैन ।

एकीकृत माओवादीले २८ मंसिरबाट सुरु हुने केन्द्रीय समिति बैठकले शीर्ष नेतृत्वबीच विशेष महाधिवेशनमा जाने गरी भएको समझदारीलाई औपचारिक प्रक्रियाबाट निर्णय गराउने तयारी छ ।

,