एन.आर.एन.ए. ओमानले भलिवल प्रतियोगिता आयोजना गर्दै ।

जाडो मौसम सगै खाडी मुलुक ओमानमा रहेका नेपालीहरु बिभिन्न खेलकुदहरुमा रमाउने गरेका छन् । यस मौसमको फाईदा उठाउँदै एन.आर.एन.ए. ओमानले पनि बिभिन्न खेलकुद गतिबिधिहरु संञ्चालन गर्दै आएको छ । गत डिसेम्वर महिनाको अन्तिम हप्तामा अन्तर–नेपाली क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै जनवरी ९ मा अन्तर–नेपाली भलिवल प्रतियोगिता गर्ने जानकारी एन.आर.एन.ए श्रोतले दिएको छ । श्रोतका अनुसार २ जनवरीमा भलिवल टिमका क्यापेनहरुको बैठक थियो र उक्त बैठकमा टाईसिट समेत प्रकाशित गरिएको छ । ओमानका बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको १२ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । बिहान ८ बजे देखि आयोजना हुने प्रतियोगिता क्यारिलियोन अलावी कम्पनी घालामा हुने भएको छ ।

श्रोत: नेपालओमान डटकम

,