नेपाली समाज ओमानको छैटौँ अधिबेशन सम्पन्न ।



सन् २००३ मा स्थापित नेपाली समाज ओमानले ०७ अगस्ट २०१५ का दिन पार्कवे होटल रुबिमा एक कार्यक्रम गरि छैटौँ अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली राजदुतावास ओमान प्रमुख रोजिना ताम्राकार प्रमुख अतिथि रहनु भएको थियो भने निर्बमान अध्यक्ष लिलानाथ कोईरालाले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो यसका साथै ओमानमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा ओमानवासी नेपालीहरु अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका बक्ताहरुले समसामायिक बिषयहरुमा मन्तव्य तथा नवगठित हुने समितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा सर्ब सम्मतीले इच्छा कुमार राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवगठित कार्य समितिका उपाध्यक्षद्धयमा युगेश बानु राई तथा श्रीमती मधु गुरुङ्ग, महासचिवमा दिलबहादुर रोक्का, सचिवमा बेद प्रसाद आर्चाय र सह–सचिवमा फर्सुराम पोख्रेल तथा कोषाध्यक्षमा सन्देश राई रहनु भएको छ । यस्तै सदस्यहरुमा किशोर केशी, गोपालनाथ योगी, श्री सज्जु देबी लिम्बु, गोम बहादुर थापा मगर, केशब शेन, प्रेम थापा, कमल महत, नारायण बि.क, टंक राई, हितमान बुढा मगर, प्रकाश कुबंर, सुनसरी कार्की, रमला श्रेष्ठ रहनु भएको छ । नबगठित समितिले सल्लाहाकारहरुमा तोलकान्त भट्टराई , पार्बती श्रेष्ठ, किरण राई, तथा भुपाल चौहानलाई चयन गरेको छ साथै देव नारायण तिवारी, लिलानाथ कोइराला, गोबिन्द गुरुङ्गलाई संरक्षकमा प्रस्ताव गरेको छ र प्रस्वाबित व्यक्तिहरुको सहमति संगै नयाँ कार्य समितिले उहाँहरुलाई प्रस्तावित पदमा पारित गर्नेछ । यसका साथै समाजका नेपाल प्रतिनिधिमा राधेश्याम थापालाई चयन गरेको छ । नेपाली समाज ओमानको मातहतमा रहेको सांस्कृतिक परिवार मिर्मिरे सांस्कृतिक परिवारको संयोजकमा किरण राई तथा खेलकुद संयोजकमा पदम राज मल्ललाई चयन गरेको छ ।

नवगठित कार्य समितिलाई सपथ खुवाउँदै तोलकान्त भट्टराईले बधाई तथा शुभकामना दिनु भयो साथै प्रमुख अतिथिले पनि नबगठित कार्य समितिको नयाँ कार्यकालको पूर्ण सफलताको कामना गर्दै बधाई तथा शुभकामना दिनुभयो । नयाँ निर्वाचित समितिका अध्यक्ष इच्छा कुमार राईले समाजसेवाको काम आफ्नो संस्थाको प्रमुख उदेश्य रहेको र यसलाई निरन्तर गर्दे ओमानमा रहेका अन्य संघसस्थाहरु संग समन्वय गरेर राष्ट्रिय हितका कार्यहरुमा लाग्ने आफ्नो कार्यकालाको उदेश्य रहने बताउनु भयो ।

श्रोत : नेपालओमान डटकम
07/08/2015

,