संयमित हुन चार दलको आग्रह

काठमाडौँ , २६ साउन । प्रमुख चार दलका शीर्ष नेताहरुले संयम अपनाई सबै प्रकारका आन्दोलन रोक्न देशवासीलाई सामूहिक अपील गरेका छन्। उठेका विवादहरुलाई जनताका भावना र राष्ट्रको आवश्यक्ता र हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने आश्वासन दिँदै उनीहरुले यस्तो अपील गरेका हुन्।

आज बिहान बसेको विशेष समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारको हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको हो।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले विज्ञप्ति पढेर सुनाएका थिए। अखण्ड मध्यपश्चिमको माग राख्दै सुर्खेतमा भएको आन्दोलनका क्रममा हिजो तीन जनाको मृत्यु हुनुका साथै देशका विभिन्न भागमा सीमाङ्कनको विरोधमा आन्दोलन भइरहेको छ।


पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले संविधान बाइबल, कुरान जस्तो धर्मशास्त्र नभई संशोधन गर्न सकिने बताए। उनको भनाई बारे समाचार पढ्नुस्।

त्यसैगरी केपी ओलीले अहिलेको सीमाङ्कन आधारभूतमा सही रहेको तर जनताको भावनामा खेल्न खोज्नेहरुप्रति सचेत हुनुपर्ने बताए। उनको भनाईबारे समाचार पढ्नुस्।

,