एमाओवादी सभासदले प्रदीप गिरीलाई मृतक नेताको सूचिमा राखेपछि...

काठमाडौं, १४ पुस । कांग्रेस नेता प्रदीप गिरीको नाम दिवंगत नेताहरुको सूचिमा राखेपछि रोचक सवालजवाफ भएको छ।कार्कीले बहुलवादको वकालत गर्ने कांग्रेस संघीयतामा जाने विषयमा सर्वशक्तिवादी माओवादीभन्दा संकिर्ण देखिएको आरोप लगाउँदै भने, 'हुन त संघीयतामा विश्वास गर्ने वीपी कोइराला, ढुण्डीराज शास्त्री, भीमबहादुर तामाङ नेताहरु हुनुहुन्न। दिवंगत भइसक्नु भयो। प्रदीप गिरीजी पनि हुनुहुन्न क्यारे।'

कार्कीपछि राप्रपाका विक्रम पाण्‍डेको बोल्ने पालो थियो। तर संविधान सभाको सबैभन्दा पछाडिको सिटमा बसेका प्रदीप गिरीले उठेर जीउँदै भएको मान्छेलाई मरेका मान्छेहरुको सूचिमा किन राखियो भन्ने प्रश्न उठाए। उनी अगाडिको माइक बिकग्रिएका कारण बोलेको नसुनिएपछि केही छिन् संविधान सभा हलमा होहल्ला भएको थियो। लगत्तै अगाडिको माइक तानेर उनले मृतक नेताहरुसँगै आफ्नो नाम राख्ने कार्कीको अभिव्यक्तिविरुद्ध नियम आपत्ति गर्न मिल्छ मिल्दैन भनेर प्रश्न सोधेका थिए।

'पूर्व वक्ता माननीय सदस्यले दिवगंत नेताहरुको नामसँगै मेरो नाम पनि उच्चारण गर्नुभयो। यसलाई नियम आपत्ति गर्न मिल्छ कि मिल्दैन। यो संविधान सभालाई यति मात्र जानकारी गराउन चाहन्छु म जीउँदै छु र यहीँ छु', उनले भने। उनको अभिव्यक्तिपछि संविधान सभा हल हाँसोले गुञ्जिएको थियो।

एमाओवादी नेता कार्कीले मृतकको सूचिमा राखेका कांग्रेसका अर्का नेता ढुण्डीराज शास्त्री पनि जीवितै छन्। तपाइँलाई यति पनि थाहा थिएन? भन्ने संवाददाताको प्रश्नमा कार्कीले भने, 'ए हो र मलाई त थाहै थिएन।'

,