महिला दिवसमा ओमानमा विशेष कार्यक्रम

मस्टक । १०५ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानले शुक्रबार महिलाजगारण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । ओमानका लागि नेपाली कार्यबहाक राजदुत भरतकुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व एनआरएनए ओमानका अध्यक्ष डिबी क्षेत्रीले गरेका थिए । 

सो अवसरमा संघकी महिला संयोजक प्रिया शर्माले विश्वमा महिलाको स्थिति र स्तर, विकशित र विकासोन्मुख देशका महिला शिक्षा, अधिकार र कानुनको ज्ञान र हाम्रोजस्तो देश र खाडी मुलुकहरुमा नेपाली महिलाको अवस्थाका बारेमा जानकारी दिइन् ।


कार्यक्रममा नेपाली दुतावास ओमानले गैर आवासीय नेपाली संघ ओमानका १५ सदस्यहरुलाई परिचय पत्र प्रदान गरेको थियो । सो अवसरमा प्रमुख अतिथि रेग्मीले ओमानबासी नेपालीका हरेक समस्या तथा महिलाका समस्या समाधानका लागि विशेष पहल गर्ने बताए । कार्यक्रममा ओमानवासी नेपालीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थियो ।