सुरुङ मार्गमा लगानी खोज्दै जोशी
हेटौंडा सुरुङमार्ग
निर्माणका लागि आवश्यक लगानी जुटाउन कुशकुमार जोशी दौडधुपमा व्यस्त हुनुहुन्छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले निर्माण गर्न लागेको सुरुङमार्ग परियोजना
निर्माण सम्पन्न गर्न करिव ३५ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । परियोजनामा लगानी
गराउन कम्पनीले देश विदेशमा रहेका नेपालीहरुमाझ विभिन्न कार्यक्रम तथा अन्र्तक्रिया गरिरहेको छ ।
कम्पनीका अध्यक्ष जोशी परियोजनमा लगानी भित्राउन
यूरोप तथा अमेरिकासम्म पुगिसक्नुभएको छ । उहाँले त्यहाँ रहेका नेपालीहरुलाई
परियोजनामा लगानी गर्न आग्रह गरेको बताउनुभयो । त्यहाँ बसोबास गर्ने नपालीहरुले
परियोजनामा लगानी गर्न उत्साह देखाएको उहाँको भनाई छ । अमेरिकामा वसोवास गर्ने
नेपालीहरुको संगठन अमेरिकन नेप्लिज एसोसिएसनको न्युयोर्कमा सम्पन्न ३१औं सम्मेलनमा
सहभागीहरुको धारणा बुझ्दा उनीहरुले परियोजनालाई महत्वका साथ हेरिरहेको र लगानी गर्न
समेत आतुर रहेको पाएको उहाँको दाबि छ । तीन दिनसम्म चलेको सम्मेलनमा सहभागीहरुलाई
कम्पनीले परियोजनका बारेमा जानकारी गराएको थियो ।
सोही अवसमार कम्पनीका अध्यक्ष कुशकुमास जोशी र
अमेरिकन नेप्लिज एसोसिएसनका अध्यक्ष छेवा शेर्पा लामाबीच काठमाण्डौं-हेटौडा
सुरुङमार्ग परियोजनामा लगानी जुटाउने सम्झौता भएको छ । सम्झौता अनुसार एसोसिएसनले
आˆना सदस्य तथा अमेरिकामा बसोवास गर्ने नेपालीहरुलाई परियोजनाका बारेमा जानकारी
दिने र लगानी जुटाउने काम गर्नेछ । जर्मनी, स्विट्जरल्याण्ड, बेलायत तथा वेल्जीयममा
रहेका नेपालीहरुबाट ९६ करोड रुपैयाँ बराबरको लगानी गर्ने प्रतिवद्धता प्राप्त भएको
कम्पनीले जानकारी दिएको छ ।


