वैदेशिक रोजगारीमा नेपाल सबैभन्दा अव्यवस्थित

२१ असार, काठमाण्डौं । वैदेशिक रोजगरिका कामदार पठाउने स्रोत मुलुकमध्ये नेपाल सबैभन्दा अव्यवस्थित रहेको पाइएको छ । अन्य स्रोत मुलुकको तुलनामा कम्प्युटराइज्ड प्रणाली नहुनु, आवश्यक कार्यालय तथा जनशक्ति नहुनुका साथै अदक्ष कामदार पठाउनुले नेपाल सबैभन्दा अव्यवस्थित देखिएको हो ।

नेपालजस्तै बढी कामदार पठाउने बंगलादेश, श्रींलका र फिलिपिन्सलगायतका मुलुक धेरै व्यवस्थित पाइएको श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बताए । ‘ठगी नियन्त्रणका लागि आवश्यक सबै काम उनीहरुले गरेका छन् ,’ उनले भने ।

भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा सहभागिता जनाएर फर्किएका सचिव श्रेष्ठले अन्य मुलुकको अवस्थालाई आधार मान्दा अव्यवस्थित ढंगबाट कामदार पठाउने मुलुकमा नेपाललाई १ नम्बरमा राख्न सकिने बताए । नेपालबाट बाषिर्क ३ लाख ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेको कारोबार दैनिकमा खबर छ ।

पत्रपत्रीका बाट

,