साउनदेखि सशुल्क फोहोर संकलन कार्य
देश:
चापागाउँमा साउनदेखि सशुल्क फोहोर संकलन कार्य तीव्र पारिने भएको छ । सिर्जनशील वातावरण संरक्षण केन्द्र र चापागाउँ विकास समितिको संयुक्त प्रयासमा १ साउन देखि सशुल्क फोहोर संकलन थालिन लागिएको चापागाउ गाविस सचिव जानकी काङ्खले जानकारी दिइन् । ‘फोहोर प्रदूषण न्यूनीकरण प्रयास स्वरूप फोहोर संकलन गर्ने योजना ल्याएका हौं,’ उनले भनिन्, यसका लागि साझेदार संस्थासँग सहकार्य गरेका हौं ।
उनका अनुसार चापागाउलाई सफा–सुग्घर र हराभरा बनाउने उद्देश्यले अभियान थालिएको हो । २९ असार शनिबार पहिलो चरणमा परीक्षण एवं जानकारी गराउने उद्देश्यले फोहोर संकलन गरिनेछ । ‘कुहिने र नकुहिने फोहोर छुट्ट्याएर चापागाउँमै व्यवस्थापन गरिनेछ,’ काङ्खले भन्छिन्, ‘तर, स्थान उचित प्रबन्ध नभएकाले तत्काललाई संरक्षण केन्द्रले फोहोर व्यवस्थापनको जिम्मा लिनेछ ।’ चापागाउँमा व्यवस्थापन गर्ने ठाउँ नभएकाले केन्द्रले टयाक्टरमा फोहोर संकलन गरी अन्यत्रै लैजाने तयारी भएको छ ।
‘चापागाउँको फोहोर यही“ व्यवस्थापन गर्ने उद्देश्य भए पनि यसका लागि आवश्यक जग्गा खोजिरहेका छौं,’ बागेश्वरी टोल सुधार समिति सदस्य सन्तोष लामिछानेले भने, ‘यसले गर्दा फोहोर व्यवस्थापन गर्न सजिलो हुनेछ । गत शनिबार प्रभातफेरी गरी जानकारी गराएको केन्द्र र गाविसले आउने शनिबार भ्यालपाटीदेखि टाहाखेलसम्म फोहोर संकलन कार्य सुरु गर्नेछन् । ‘कुहिने र नकुहिने फोहोर छुट्ट्याएर फोहोर संकलन गरिनेछ, यसका लागि शुल्क बुझाउनुपर्नेछ,’ काङ्खलेले भनिन्, ‘तर, शुल्क यति नै भन्ने निर्धारण भएको छैन ।
संकलन कार्य सुरु भएपछि हरेक साताको दुई दिन आइतबार र बुधबार फोहोर उठाइनेछ ।’ वातावरणीय सरसफाइ कायम गर्न यस्तो कदम सकारात्मक भएको निवर्तमान गाविस अध्यक्ष चरसुन्दर महर्जन बताउछन् ।
श्रोत : अन्य पत्रीका