नेपालमा एशियास्तरको अस्पताल खोल्दै महतो !!

उपेन्द्र महतोले नेपालमा १० अर्ब रुपैयाँको लगानीमा नयाँ अस्पताल खोल्दै हुनुहुन्छ । ललितपुरको भैंसेपाटीमा निर्माण सुरु भइसकेको ‘अश्विन मेडिकल’ नामको अस्पताल ४ सय शैया क्षमताको हुने महतोले जानकारी दिनुभयो । एसिया प्रशान्त क्षेत्रकै उच्चस्तरीय अस्पतालमध्येमा पार्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको महतोले बताउनुभयो । ‘पेट्रोयिम पदार्थपछि नेपालबाट धेरै पैसा विदेश जानेमध्ये स्वास्थ्य र शिक्षामा हो,’ महतो भन्नुहुन्छ -’तीन बर्षभित्र संचालनमा आउनेगरि अन्तराष्ट्रियस्तरको अस्पताल निर्माण गरिरहेका छौं ।’ फिलिपिन्सको मनिलामा कुरा गर्दै महतोले नेपालमा लगानी गर्न आफु पटक्कै नडराएको बताउनुभयो । अस्पतालसँगै नेपालमा अहिलेसम्मकै ठूलो स्तरको हर्वल उद्योगसमेत संचालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । करिव १ लाख परिवारलाई रोजगारी दिने र भारतलाई मुख्य बजार बनाउने गरी हर्वल उद्योग स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो ।

    एनसेलको सेयर बेचेर विदेशमा लगानी विस्तार गरिरहेको भन्ने आरोपको खण्डन गर्दै महतो भन्नुहुन्छ ’मेरो प्राथमिकता नेपाल र अफि्रकाजस्ता उच्च जोखिम भएका देशमै हो, मैले नेपालमा सेयर बेचेर विदेश पैसा लगेको छैन, विदेशी साझेदारसमेत ल्याउन खोज्दा प्रोजेक्ट आउन केही ढीला भएको मात्र हो ।’ धनी भनेर चिनाउने रहर छैन अधिकांश नेपालीले उपेन्द्रलाई सर्वाधिक धनी नेपालीका रुपमा चिने पनि अहिलेसम्म कुनै पनि अन्तराष्ट्रिय सूचीकरणमा उनको नाम परेको छैन । पहिलोपटक विनोद चौधरीले फोब्र्समा नेपाली अर्बपतिका रुपमा नाम लेखाउँदा उहाँको नाम किन आएन भनेर धेरैले सोधीखोजी पनि गरे । तर, उपेन्द्र आफै भने धनी भनेर चिनाउने कुनै रहर नभएको बताउनुहुन्छ । ‘गरिव देशको धनी नागरिक भनेर चिनाउँदा मलाई गौरव हैन, लज्जा हुन्छ’- उहाँले भन्नुभयो-’नेपाल विकासमा अगाडि बढ्यो भनेर अन्तराष्ट्रिय रुपमा चर्चा नहुँदासम्म मेरो नाम कहीँ पनि आउँदैन ढुक्क हुनुस् !

श्रोत : अनलाइन खबर

,