लुटेरा'को कब्जामा एक हप्तामा १९ करोड

बलिउद बिशेष:

अभिनेता रणवीर सिंह र अभिनेत्री सोनाक्षी सिन्हाको चलचित्र लुटेराले सुरुवाती सप्ताहमै रेकर्ड कायम बनाएको छ । लुटेराले पहिलो हप्तामै १८ करोड भारतीय रुपयाँ संकलन गरिसकेको छ ।

बजार विश्लेषकहरुका अनुसार फिल्म समिक्षकहरुको निकै प्रशंसा बटुलेको छ । त्यसैले पनि पहिलो हप्तामा अनपेक्षीत सफलता हात पारेको हो ।

पाँच जुलाईमा रिलिज भएको लुटेराले पहिलो दिनमै पाँच करोड भन्दा बढी कलेक्सन गरेको थियो । बिष्लेशकहरुका अनुसार शनिबार र आईतबार यो कलेक्सन दोब्बर पुग्न सक्छ ।

खासगरी भारतका मुम्बई, मैसुर,पश्चिम बंगाल र पञ्जाब बाट मात्रै उक्त फिल्मले यो कलेक्सन गर्न सफल भएको हो ।

श्रोत : अन्य पत्रीका