सामुन्द्रि छालले बगाएर नेपाली युबतीको मृत्यु


दुबई: 

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहा स्थित एक होटलमा काम गर्ने नेपाली युवतीको समुद्रमा नुहाउने क्रममा ज्यान गएको खबर छ । नुहाउने क्रममा समुद्रको छालले हुत्याएर लगे पछी उनको मृत्यु भएको पुस्ती गरिन्छ ।


साथीहरू सँग दुबई घुम्न जाने क्रममा जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखल ढुंगाकी २२ वर्षीया "वर्षा मुलिचा" लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइ, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।
 
सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका धेरैको बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् भने  हालसम्म यूएईमा समुद्रले बगाएर ९ जना मृत्यु भइसकेको बुझिन्छ । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो ।