नायिकाको सोनम कपुर ११ रुपैँयामै अभिनय गर्ने
बलिउड बिशेष:
नेपाली चलचित्र उद्योगमा नायक नायिकाको पारिश्रमिकका बिषयमा निकै चर्चा परिचर्चाका साथ बलिउड देखि हलिउडका नायक नायिकाको पारिश्रमिक संग तुलना गरिन्छ अनी नेपाली कलाकारहरुको पारिश्रमिक निकै कम भएको निष्कर्ष निस्कीन्छ ।
तर आश्चर्यको कुरा बलिउडमै एउटा चलचित्रको पारिश्रमिक करोडौं लिने कलाकारको बिचमा एक नायिका सोनम कपुरले भने आफ्नो आगामी एक चलचित्रबाट पारिश्रमिक स्वरुप ११ रुपयाँमात्रै लिएको खुलासा गरेकी छन् ।
सोनमको आगामी चलचित्र 'भाग मिल्खा भाग'का लागि उनले ११ रुपयाँमात्रै पारिश्रमिक लिएको खुलासा गरेकी हुन् । बि.बि.सी संगको कुराकानीमा सोनमले निकै महान व्यक्तिको व्यक्तित्वमा आधारित चलचित्र भएकाले 'भाग मिल्खा भाग'बाट पारिश्रमिक भन्दा पनि चर्चाको बिषयमा ठूलो भएको बताएकी छिन । उनले यस्ता चलचित्रमा पारिश्रमिक भन्ने कुरा गौण हुने समेत दावी गरिन् । उनले यो इतिहासको पानामा लेखिने फिल्म भएको जिकिर गरिन् ।
भाग मिल्खा भाग भारतीय एक एथलेटिक खेलाडी मिल्खा सिंहको जीवनमा आधारित चलचित्र हो । जसमा फरहान अख्तर मुख्य भूमिकामा रहेका छन् । प्रसून जोशीले लेखेको उक्त फिल्मको निर्देशन राकेश ओमप्रकाश मेहराले गरेका हुन् । चलचित्र आगामी १२ जुलाई रिलिज हुँदैछ ।
-बीबीसी