इजिप्टमा सैनिक कु, राष्ट्रपति पदच्यूत
२० असार:
इजिप्टमा सेनाले राष्ट्रपति मोहम्मद मुर्सीलाई पदच्युत गर्दै सत्ता हातमा लिएको छ । सेना प्रमुख अब्देल फतह अल सिसीले राष्ट्रिय टेलीभिजन मार्फत सम्बोधन गर्दै मोर्सीलाई पदबाट हटाइएको घोषणा गरेका हुन ।
सेना प्रमुख "अब्देल फतह अल सिसीले" सरकार संचालन सेनाले नगर्ने तर अबको सरकारको मुख्य काम न्यायधीसले गर्ने घोषणा गरेका छन् । त्यहाँको जारी संकट समाधानका लागी सेनाले दिएको समय सिमा सकिए लगतै राजधानी कायरोमा सेना परिचालन गरिएको छ ।
सेनाप्रमुख जनरल अल सीसीले अब मुलुकको सत्ता मुख्य न्यायाधीशको हातमा पुगेको घोषणा गरेका छन् । सेनाले संविधान निलम्बन गरेको छ भने राष्ट्रपति मुर्सीलाई उनकै निवासमा नजरबन्दमा राखेको छ । ईजिप्ट सैनिकले उनलाई हटाएपछि सवैधानिक अदालतका प्रमुख न्यायधिसको अध्यक्षतामा नयाँ चुनावी मन्त्रीपरिषद गठन गर्ने भएको छ ।
सेना प्रमुखको सम्बोधन लगत्तै मुस्लिम ब्रदरहुडको स्वामित्वमा रहेको टेलिभिजन बन्द गराइएको छ भने मिश्र ट्वान्टी फाइभ च्यानलका व्यवस्थापकलाई गिरफतार गरिएको जनाएको छ ।



