'क्रिस ३' को पोष्टर सार्वजनिक - बलिउडमा गर्मागरमी
२० असार:
बलिउडको ठूलो लगानीमा बन्दै गरेका फिल्म 'क्रिस ३' को पोष्टर सार्वजनिक गरिएको छ । यसअघि निर्माण गरि सकिएको फिल्म "क्रिस" फिल्मको सिक्वेलमा क्रिस ३ निर्माण गरिएको हो ।
क्रिस ३ को पोष्ट पोडक्सनमा रहेका बाबु-छोरा राकेश रोशन र ह्रृतिक निकै व्यस्त बनेका छन् । ७५ प्रतिशत शुटिङ सकिएको निर्देशक राकेशले बताएका छन् । दीपावलीको अवसरमा उक्त फिल्म रिलिज गरिने छ भने क्रिस ३ मा ह्रृतिक रोशन, पि्रयंक चोपडा, विवक ओवराय, कंगना रनावत लगायतको अभिनय रहेको छ ।
बलिउडमा एकलौटी लगानीमा राज गर्दै आएका यी बाबुछोराले निर्माण गरेका यस अघिका फिल्म सुपरहिट भइसकेका छन् । काहोना प्यार हे, कोही मिल गया, क्रिसले बलिउडमा धमाका मच्चाइ सकेको छ ।
यस्तै क्रिस ३ को पोष्टर सार्वजनिक गरिए सँगै अहिले बलिउड गर्माइ सकेको छ । यसको प्रोमो अगष्ट ८ मा रोहित सेट्टीको फिल्म चेन्नाई स्क्सप्रेसको प्रर्दशनसँगै सार्वजनिक गरिने बताइएको छ । क्रिस ३ हलिउडको स्पाइडर म्यानका एक्सन भन्दा कम नभएको दावी गरिएको छ ।
स्रोत:भारतीय एजेन्सी


