‘खस क्षेत्रीलाई घोचपेच गरेर नेपाल समृद्ध हुन सक्दैन’
६ साउन
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशम्सेर जबराले मुलुकको एकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने खस क्षेत्रीलाई घोचपेच गरेर नेपाललाई समृद्धि तर्फ लैजान कठिनाइ हुने बताएका छन् ।
संयुक्त खस क्षेत्री एकीकरण समन्वय समितिको प्रथम ऐतिहासिक केन्द्रीय परिषद्को विस्तारित भेलालाई सम्बोधन गर्दै उनले विदेशीले बनाइ दिएको मार्गचित्रमा अघि बढ्न खोज्दा मुलुकको एकीकरणका अभियन्तामाथि अन्याय पर्न सक्ने पक्षलाई राम्ररी ख्याल गर्न जरुरी रहेको उल्लेख गरे ।
राजनीतिक दलका उच्च तहबाटै समेत बेला बखतमा विश्वमै भिन्न पहिचान स्थापित गरिसकेको चन्द्र–सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा नै फेर्नुपर्छ भन्ने खाले अभिव्यक्ति आउदा आम नेपालीको मन कुडिने गरेको उल्लेख गर्दै उनले इतिहासमा योगदान दिनेको सबैले कदर गर्न सिक्नुपर्ने सुझाव दिए ।
आयोजक संस्था संयुक्त खस क्षेत्री एकीकरण समन्वय समितिका संयोजक मान बहादुर थापाले सम्राज्यवादका विरुद्ध खुकुरी, खुडा र तरबारका भरमा युद्ध गरेर नेपाललाई जोगाउन सफल इतिहासका वीर पुर्खाका सन्तानलाई नै आज आफ्नै मुलुकमा अन्य जातिको कोटी राखिनुले आफूहरूलाई मर्माहत तुल्याएको बताए ।
नेपालभर १ सय २५ थरीका खस क्षेत्रीहरू मुलुकको रक्षा र आफ्नो पहिचान स्थापित गराउन जस्तो सुकै बलिदान दिन समेत तयार रहेको समितिका सहसंयोजक ताराबहादुर बस्नेतले बताए । मुलुकको पछिल्लो जनगणनाअनुसार क्षेत्रीहरूको जनसङ्ख्या १६ दशमलव ६ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।
‘समग्र खसक्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी र पहाडी दलितको एकता राष्ट्रको आवश्यकता’ मूल नारा दिइएको सो भेलामा बोल्ने अधिकांशले मुलुकको जनसङ्ख्याको हिसाबले ४० प्रतिशतको योगदान दिने यी जाति र समुदायलाई अन्यमा नभई आदिवासीकै सूचीमा सूचीकृत गरिनुपर्ने आवश्यकता औंल्याए ।
संयुक्त खस क्षेत्री एकीकरण समन्वय समिति सबै राजनीतिक पक्षको आस्था र विचार भरिएको सङ्गठित सामाजिक संस्था भएकाले देशको वर्तमान राजनीतिक र सामाजिक पक्षमा सुधार ल्याउन समन्वयकारी भूमिका निर्वाहका लागि वार्ता र संवाद प्रक्रिया चलाउने भेलाले निर्णयसमेत गरेको छ ।
स्रोत: अन्य पत्रीका