ओमान नेपाली एकता समाज द्वारा रुवी एरिया समिति गठन

६ साउन, ओमान:

ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्र्तगत रुवी एरिया समितिको गठन भएको छ  । संसारका मजदुर एक हौ प्रवाशी नेपालीहरु एक हौ, श्रमिकका हक अधिकारको रक्षा गरौं भन्ने मुल नाराका साथ श्रमजीवी नेपालीहरु लाई स्थानीय समस्याहरु सीत जूध्न बल पूगोस र प्रवासमा छरीएर रहेका श्रमिकहरु लाई जोडनका लागी ओमान नेपाली एकता समाज केन्द्रिय समितीको आयोजना तथा केन्द्रिय सदस्य टंक प्रशाद आचार्यको बिशेष पहलमा ओमान स्थित रुवी एरीयाका मजदुर नेपालीहरुको भेला गराई केन्द्रिय अध्यक्ष शोभाकान्त लामिछाने को बिशेष उपस्थितिमा टंक प्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्सिय रुवी एरिया समितिको गठन भएको छ ।

जसमा अध्यक्षमा टंक प्रसाद आचार्य, उपाध्यक्षमा  अर्जुन के.सी, सचिब दुर्गा बहादुर जी.सी, कोषाध्यक्षमा बिबेक गिरि तथा सदस्यहरुमा क्रमशः कमल बहादुर बि.क, रमेश बहादुर बि.क, आमिर कोहार, मन्जु बानिया, र धिरेन्द्र थापा रहेका छन ।  नव गठित समिती लाई समाजका केन्द्रिय अध्यक्ष शोभाकान्त लामिछानेले शुभकामना ज्ञापन गर्नु भएको थियो तथा प्रवासी नेपालीहरुको हक हितको लागी सबै खाले हिन्शा, बिक्रीती र बिसंगति बाट टाढा रहनु पर्ने जानकारी दिनु भएको थियो ।

स्रोत: शालिक राम आचार्य