५ खर्ब १२ अर्बको बजेट सार्वजनिक,चुनाव र उर्जालाई प्राथामिकता


निर्वाचनका लागि १६ अर्ब रुपैया विनियोजन

काठमाडौं ,३० असार :

अन्तरिम चुनावी सरकारले निर्वाचनलाई उच्च प्रँथामिकतामा राख्दै कुल ५ खर्ब १२ अर्बको बजेट सार्वजनिक गरेको छ । निर्वाचनसगै ऊर्जा, कृषि, पर्यटन र राष्ट्रिय गौरवको योजनालाई विशेष प्राथामिकता दिदै सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट सर्वाजनिक गरेको हो ।

अध्यादेश मार्फत राष्ट्रिय योजना आयोगको हलबाट सार्वजनिक गरिएको बजेटमा चुनावी सरकारले मंसिर ४ गते हुने भनिएको निर्वाचनका लागि १६ अर्ब रुपैया विनियोजन गरेको छ भने चुनावलाई निस्पक्ष र धाधली रहित बनाउन पनि कुनै कसर नराख्ने बताइएको छ । 

निर्वाचन सँगै सरकारले सातवटा क्षेत्रलाई उच्चमहत्व दिएको छ । ऊर्जा, कृषि, सिचाइ, पर्यटन, चुरे संरक्षणलाई राष्ट्रिय गौरवका आयोजनको रूपमा प्राथामिकतामा राखेको छ । उच्च प्राथामिकतामा परेको ऊर्जा क्षेत्रको विकास विस्तारका लागि अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ३० अर्ब विनियोजन गर्नुभएको छ । 

त्यस्तै, नेपालको दोस्रो  ठूलो जलायस युक्त १४० मेगावाटको तनहु जलविद्युत् आयोजनालाई १ अर्ब ५ करोड विनियोजन गरेको छ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५ अर्ब २४ करोड छुट्टएको छ । 

यसैगरी सरकारले सडक सञ्जालका लागि पनि विशेष बजेटको छ । ठूला योजनाभित्र परेको  काठमाडौं–निजगढ जोड्ने फास्ट्रकका लागि प्रसशस्त बजेट गरेको छ भने मध्य पहाडी लोक मार्गका लागि १ अर्ब ९२ करोड बजेट छुट्टाइएको छ । हुलाकी राजमार्गका लागि २ अर्ब २१ करोड विनियोग गरिएको छ । 

सरकारले नयाँ आर्थिक वर्षबाट पूर्वपश्चिम रेल मार्ग कार्य सुरु गर्ने भएको छ । जसका लागि अर्थमन्त्री कोइरालाले १  अबए ४० करोड विनियोजन गर्नुभएको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिनको लागि बजेट प्रशस्त छुट्टाइएको छ । 

आर्थिक वर्ष ७०/७१ मा सौर्य ऊर्जालाई पनि प्राथामिकता दिइएको छ । सौर्य ऊर्जालाई गाउँबाट सहरमा पनि विस्तार गर्ने योजना लिइएको छ । जसका लागि १ अर्ब ११ करोड रकम छुट्टाइएको छ । 
  
अर्थमन्त्री कोइरालाले राजनीतिक कारणले गर्दा मुद्रास्र्फती दर १० प्रतिशतको हारहारीमा रहेको, मौसम लगायतका कारणले कृषि क्षेत्रको वृद्धिदर न्यून रहेको उल्लेख गर्नुभयो । 

गत वर्षको बजेट विनियोजनमा पुँजी गत खर्च र आन्तरिक खर्च गरि ३ खर्ब १२ अर्ब मात्र खर्च भएको बजेट भाषणको क्रममा छ । नेपाललाई सन् २०२२ सम्मा नेपाललाई विकाशशील राष्ट्रमा पुर्याउने लक्ष्य राखेको अर्थमन्त्री कोइरालको भनाइ छ । 

कृषि क्षेत्रको आधुनिकरण तथा बजारीकरणमा सरकारले जोड दिएको छ । मल बिउ बिजनका लागि ६ अर्ब सात करोड बजेट विनियोजन गरिएको छ भने कृषिको बजारीकरण्का लागि १ अर्ब ७५ करोड रकम छुट्टाइएको छ ।  

युवा स्वरोजगार कार्यक्रमलाई आन्तरिक रोजगारी सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्ने सरकारलको भनाइ छ । बजेटमार्फत सरकारले ५० हजार युवालाई आम्दानी मुखी तालिम र १० हजारलाई सीप मूलक तालिम दिने व्यवस्था गर्ने भएको छ । 

त्यस्तै १५ वर्षभन्दा मुनि र ७५ वर्षमाथिका व्यक्तिको मुटु रोगको उपचार सरकाले निःशुल्क गर्ने व्यवस्था गर्ने छ । बजेटमार्फत सरकाले निजी साझेदारीलाई प्राथामिकता दिने भएको छ । निजी साझेदारीलाई अर्थतन्त्रको आधारको रूपमा लिएको छ । 

सरकारले यसै आर्थिक वर्षभित्र चार सय झोलुङ्गे पुल बनाउने लक्ष्य राखेको छ । आज सार्वजनिक बजेट ५ बर्ष यताकै पहिलो पूर्णबजेट हो । यसअघि ६५ सालमा बाबुराम भट्टराईले पूर्णबजेट सार्वजनिक गुर्नभएको थियो ।


स्रोत: अन्य पत्रीका 

,