एन.आर.एन.ए ओमानका अध्यक्ष संगको बार्तालाप
ओमानबासी नेपालीका लागी महत्बपुर्ण कार्य गर्दै आउनु भएका तथा नेपाल र नेपालीका हितका लागी लागी परेका एन.आर.एन.ए ओमानका अध्यक्ष संग गरिएको प्रतक्ष्य बार्तालाप ।
१.अध्यक्ष ज्यु नमस्ते तपाइको छोटो परिचय ।
म डि.बि क्षेत्री, सिन्धुली ०७ झाँगाझोली, निम्न मध्यमबर्गिय परिवार, १५ बर्ष देखी बैदेशिक रोजगारीमा छु । पहिला साउदीमा ७ बर्ष र बाँकी ओमानमा छु अहिले सम्म ।
२.तपाइको संस्थामा प्रबेश पृष्ठभुमी तथा प्रबेश गर्नुको उदेश्य के हो ?
बिबिध संस्था रहेको ओमानमा सबै संस्थाको कार्यशैली र उदेश्य प्राप्तीको अनुगमन गर्दा एन.आर.एन अन्तराष्ट्रिय र बिशुद्ध सामाजिक संस्था तथा यसको अंगको कार्यशैली अति सान्र्दभिक र नेपाली समाजको सेवा गर्ने उदेश्य रहेकोले सन् २००९ मा सदस्य भएर समाजको प्रतिकुल असर लाई पन्छाउन तथा नेपालीजन को सेवा गर्ने सफतका साथ प्रबेश गरेको थिए ।
३. हजुरको पहिलो अध्यक्ष्यताको कार्यकाल कतिको सफल रह्यो ?
तौल लिएर जोख्ने कुरा त भएन तर पनि ओमानमा रहेको नेपालीको प्रतिनिधित्व गर्ने हिसाबले संस्था लाई मैले चलाए र यसका साथै नेपाल सरकार र ओमान सरकार सँग बिभिन्न बिषयमा समन्वय गरी छलफल हरु अघि बढाई रहेको छु । अन्तराष्ट्रिय समन्वय परिषदमा समेत हामीले आफ्नो अस्तीत्व सुदृण गर्न सफल भएका छौ । समग्रमा नेपाली र नेपालीका लागी समाजिक आर्थीक, सांस्कुतिक र खेलकुद जगतलाई समेट्न सकेको महशुस गरेका छौ ।
४. तपाई एन.आर.एन ओमानको अध्यक्षता दोश्रो कार्यकालको लागी पुन चुनिनु भएकोमा कस्तो महशुष गर्नु भएको छ ?
दोश्रो हुनु भन्या कि बाध्यताले कि आबश्यकता ले कि बिश्वाशले गर्दा हुने हो मैले यि तिनै कुरा महशुस गरेको छु । जस अपजस तथा धन्यबादको पात्र हुनु पर्नेमा केहि आत्म सम्मान र केहि आत्म ग्लानी पनि हुन्छ । समग्रमा म दोश्रो कार्यकालको लागी चुनिएकोमा म गर्भ गर्दछु ।
५.आफ्नो काम र संस्थाको कामलाई कसरी ब्यबस्थापन गर्न भएको छ ?
जागीरबाट बचेको र सुत्ने समयलाई काटेर, समयलाई बचत गर्दै संस्था तथा समाज सेवाको लागी उपयोग गर्ने गरेको छु ।
६.संस्थाले के कस्ता उद्धारका कार्यहरु गर्दै आएको छ, र संस्थाको आय श्रोत के छ ?
भैपरि आउने समस्या हरुलाई बढि कानुनी सेवा दिदै आएको छौं साथै संस्थाको आय श्रोत भनेको यसका केन्द्रिय समितीका पदाधिकारी नै हुन्, जसको सहयोगले नै आबश्यक अर्थ आपुर्ती गरी समस्या हरु समाधान गरी रहेका छौं ।
७. ओमानमा बिषेश गरी कस्ता समस्या बढि छन् र कसरी समाधान गर्दै आउनु भएको छ ?
ओमानमा अबैधानिक हुने समस्या धेरै छ । बिषेशत त चेलीबेटी हरु माथी यो समस्या धेरै पाईएको छ । घरायसी काममा आएका चेलीबेटी हरु माथी हुने अनैतिक दुर्व्यबहार, बढि कामको बोझबाट बच्न तथा लहलहैले यो प्रकारको समस्या बढि आएको छ र अन्य समस्याहरुमा मृत्यु हुदा गर्न पर्ने काजगपत्रको काम, जिबन बिमा सम्बन्धीका कामहरु तथा जेल चलान भएका हरुको रिहाईको माग जस्ता छन् । यि समस्याको समाधानको लागी दुतावास प्रतिनिधीको सहयोग, श्रम अदालत तथा पुलिस सँगको सहकार्यले हामीले पुर्ण तया निराकरण गर्न सफल भएका छौ ।
८. एन.आर.एन लाई धनिको संस्था पनि भनिन्छ, यसलाई ओमानबासी नेपाली ले कुन रुपमा बुझेका छन् ?
हो म मान्छु, किन भन्दा नि एन.आर.एन मा लागी सकेपछि मनको धनी हुन पर्छ भनेर प्रशिक्षण नै गरिन्छ । यसको अर्को पाटो धनको कुरा गर्ने हो बिदेश पसि सकेपछि आफ्नो घर परिवारको पेट भर्ने र भैपरि आउने समस्यामा सहयोग गर्न सक्ने हुनाले हामी यो कुरालाई स्विकार गर्छौ तर जुन भौत्तिकबादि हिसाबले कुरा गर्नेहरुका लागी पनि हामी धनि नै हो यो सहि नै हो किनकी हामी थोपा थोपा सम्हालेर समुन्द्र बनाउँछौ र आबश्यकतामा सहयोग गर्दछौं र समग्रमा ठुलो राशी देखिन्छ र गलत तरीकाले देख्ने र बुझ्नेहरुले अर्कै रुपमा बुझ्ने गर्छन् नत्र एन.आर.एन को पदाधिकारी हरु अरबपति भए पक्कै पनि बिदेश आउने थिएनन् र हामी ओमानबासी नेपालीहरु लाई पनि यहि अपिल गर्दछौं कि यो तपाईहरुकै संस्था हो न कि कुनै पुजीबादिको । यो धनि संस्था भन्ने आरोपप्रति म के भन्न चाहन्छु भने गर्न नसक्ने हरुले हामीले गरेको सामाजिक उद्धार र राहतका कामहरु देख्न नसकेर लगाएको आरोप हो ।
९.एन.आर.एन.ए ओमानले तल्लो तहको नेपाली लाई नसेमेटेको आरोप छ नि ?
पहिलो त जसले यि आरोप लगाउँछन् ति तल्लो तहको व्यक्ती नै होइनन् र तल्लो तहका मानिस होइनन् र तल्लो तहका मानिस भनेर हामीले देखेकै छैनैं हामीले सबैलाई एउटै तहका दैख्छौ । किनभने हामी सबै रोजगारीमा नै आएका छौ । नेपालमा जसरी धर्म परिबर्तन लाई भ्रममा पारी आफ्नो अनुकुल हिप्नोटाइज गरिन्छ त्यसै गरी हामीहरुलाई पनि देख्न नसक्ने आखा हरुले यि मिथ्या आरोप लगाएको मात्रै हो हामी ओमानबासी हरेक नेपालीका दैलो आगनमा पुगेकै छौं ।
१०.एन.आर.एन नेपालमा किन दर्ता हुन सकेको छैन, र एन.आर.एन ओमानले यस बिषयमा के पहल गर्दै छ ?
एन.आर.एन दर्ता हुन नसक्नुमा, एन.आर.एन को बिधानको परिभाषा र नेपाल सरकारको २ बर्षे अबधारणाको बिबादित रुपले रोकिएको छ । एन.आर.एन को बिधानले अन्तराष्ट्रिय अधिबेशन भन्दा अरुले सच्याउन नमिल्ने भएकोले हामी आउने अक्टोबर को अधिबेशन लाई पर्खेका छौं । साथै नेपालमा स्थिर सरकार नहुनाले पनि निर्णायक बिन्दुमा पुगेका छैन, तर पनि हामी सरकारले तोकेको प्राबधानलाई स्विकार गरी अगाडी संघर्ष गर्न तयार छौं । यहि अपिल हामी एन.आर.एन ओमानले गर्न पर्छ हामी धारणा राख्छौ ।
११.आधा दर्जन सामाजिक संस्था रहेको ओमानमा संघ संस्थाहरको मेलमिलाप छैन भन्छन् नि के यो सत्य हो र हजुरले सम्पुर्ण संघ संस्थालाई एउटै छातामा संगठित गर्न सोच्नु भएको छ ?
यो हामीले पहिलो कार्यकालमा नै घोषणा पत्र मार्फत नै अपिल गरी सम्पूर्ण संघ संस्था लाई सगै जानु पर्छ भन्ने दबाब तथा प्रेरणा श्रृजना गर्दैआएका छौं । आजको दिनमा सबै संस्थाबाट संयोजक तोकी एक अर्काको अस्तित्व स्विकार गर्दै भैपरि आउने काममा सहकार्य गर्दै आएका छौं र आगामी दिनमा अरु मुलुकको जस्तो खिचाचनी नहोस भनि सजकताका साथ आफ्नो भुमिका निर्बाह गर्न तयार छौं ।
१२.अन्य संघ संस्था हरुलाई कुन रुपले हेर्नु हुन्छ ?
अन्य संस्थालाई भाइचारा तथा सहयात्री को रुपले हेर्छौ हामी, साथै मान्नु नमान्नु संघ संस्थाको बिचार हो तर पनि हामी आफ्नो तर्फ बाट एन.आर.एन छाता संगठन नै भन्छौ र छाता संगठनको भुमिका निर्बाहा गर्न सधै तत्पर छौं ।
१३.अन्तराष्ट्रिय समन्वय परिषद लाई कुन रुपमा हेर्नु हुन्छ र अबको नेत्रित्व कसले पाउन पर्छ र तपाईको समर्थन किन ?
अन्तराष्ट्रिय समन्वय परिषदलाई राष्ट्रिय समन्वय परिषदको हेड क्वाटर तथा अभिभाबक नै ठान्छौं र अन्तराष्ट्रिय समन्वय परिषदमा पनि हामीले कता कता राजनिती पसेको महशुष गरेका छौं र राजनैतिक गर्ने नै हो भने पार्टी नै खोली राजनिती गर्न आग्रह गर्छौ । आइ.सि.सि भनेको टाउको हो र टाउको बिमार भयो भने शरिर ले कार्य गर्न सक्दैन । अबको नेत्रित्वको बिषयमा कुरा गर्दा हाम्रो घोषणा पत्र अनुसार नृत्रित्व पुनराबृत हुनपर्छ भन्ने र अपुरा काम पुरा गर्ने अबसर दिनुपर्छ भन्ने हो । तर अब नेत्रित्व भाबना, राजनिती र या धनिका आधारमा नतोकी निम्न बुदाहरुमा जस्को सहयोग रहन्छ उसलाई हाम्रो शशक्त समर्थन र समयोग सहने छ ।
क) पर्यटन व्याबसायमा मध्यपुर्ब लाई सहयोग गर्ने जुन अबधारणा हाम्रो घोषणा पत्र २०१३ —१५ मा नै छ ।
ख) मध्यपुर्बमा संयुक्त खेलकुद, सांस्कृतिक, पर्यटन र राहतकोष स्थापनार्थ पहलको सहयाता
ग) राष्ट्रिय समन्वय परिषदहरु सँग सहज संम्बाद र सहि अबधारणाहरु लाई लागु गर्न सक्ने, निचोडमा भन्दा धरातलिय प्राथामिकता बुझ्न सक्ने
घ) एन.आर.एन लाई बिशुद्ध सामाजिक संस्थाको रुपमा नै अघि बढाउने जसमा जातिय, क्षेत्रिय, र राजनैतिक परिबेशलाई प्रबेश गर्न नदिने
ङ) “देशलाई सहयोग गर्न धनले होइन सिपले गर्ने“ भन्ने भाबना भएको र एन.आर.एन मा सकृय भुमिका निर्बाह गर्दै शशक्त योगदान गरेका
१४. एन.आर.एन.ए ओमानले नेपालमा सामाजिक हितको लागी कुनै प्रोजेक्ट संचालन गरेको छ ?
संचालनमा आउँदै छ, हामी छिट्टै सार्बजनिक गर्दै छौं ।
१५. गत कार्यकालको घोषणा पत्र र यस कार्यकालको घोषणा पत्रमा खासै भिन्नता पाइएन त किन ?
एन.आर.एन ओमानको एउटा शशक्त टिम छ र यो मजबुत छ । यो टिमले गर्न पर्ने र गर्नसक्ने कामलाई मात्र लिस्ट आउट गर्छ, पाना भरेर र नम्बर बढाएर मात्रै काम हुदैन भन्ने राम्ररी बुझेका छौ । नेपाल र नेपालीका लागी गर्न पर्ने धेरै काम पहिलो घोषणापत्र ले धेरै समेटेको छ । यसलाई पुर्ण रुपमा पुरा गर्दा नै ५ बर्ष लाग्ने अनुमान छ र समाजसेबा का कार्यहरु लगभग सबै एकै प्रकारको हुन्छ । यो पुनराबृत हुदै जान्छ त्यसैकारण पहिलो र दोश्रो धोषणापत्र उस्तै देखिन गएको हो ।
१६.अहिलेको ९ बुदे घोषणापत्रमा उल्लेखित कार्यको लागी बजेट तथा यसको आय श्रोत के हो ?
हामी धेरै जसो प्राबिधिक तबरबाट कार्य समापन गर्नै तिर ध्यान दिन्छौ अर्को कुरा टिममा घनिभुत बहस भई केही अबधारणा हरु अघि सारेका छौ । ति तपाईले देख्दै जानु हुनेछ ।
१७. हजुरको नेत्रित्वमा रहेको संगठन भित्रका केन्द्रिय सदस्यहरुको कतिको सहयोग र साथ पाउनु भएको छ र उहाँहरु प्रति हजुरको प्रतिकृया के रहेको छ ।
एकदमै सहयोग पाएको छु, सम्पुर्ण केन्द्रिय सदस्यहरुको एकमतले नै कार्यहरु गर्ने गरेका छौं । पाएको जिम्मेवारी भन्दा माथिल्लो तहको कार्य क्षमता तथा दक्षता रहेकोले संस्था अझै चुस्त पार्दै लैजानु हुन्छ भन्ने आशामा छु ।
१८.खाडीका नेपालीहरु लाई एन.आर.एन भन्न नमिल्ने कुरा यहाँका संघ संस्था तथा नेपाल सरकारको मान्यता लाई तपाई कसरी लिनु हुन्छ ?
पहिलो त यो तपाईको प्रश्न नै गलत छ । किनकी नेपाल सरकारले त्यस्तो खाडी मुलुकका नेपाली लाई एन.आर.एन नभन्ने मान्यता प्रस्तुत गरेको नै छैन, अझ हरेक खाडी मुलुकका दुताबासमा एन.आर.एन फोकल पोइन्ट भनि छुट्टै डेस्क र कर्मचारी नै खटाएको छ । नेपाल सरकारको मान्यता नै भन्ने हो भने दुतावास नभएको ठाउँमा एन.आर.एनले नै नेपाल सरकारको प्रतिनिधीत्व गर्न पर्छ । तपाँइले यसमा गहन अध्ययन गर्नु भएको रहेनछ । संघ संस्थाहरुको कुरा गर्नु भयो यो त कतिपयको त्रास हो, निन्द्रमा बड्बडाए जस्तै हो र हकिकतलाई बुझ्न नसक्नुको पराकाष्ठ हो ।
१९.ओमानबासी नेपाली लाई के सन्देश दिन चाहनु हुन्छ ?
ओमान आफैमा एउटा राम्रो राष्ट्र हो हामी मिलीजुली आफ्नो संस्कृती र पहिचान जोगाई राखौ , रोजगारी लाई राम्रो संग बचाई र बचेको समयलाई तथा आफ्नो कमाईको सानो पुंजी ले जरुरतमन्द लाई सहयोग गर्न पछि नपरौं ।
२०.अन्त्यमा मैले सोध्न भुलेको र तपाई लाई भन्न मन लागेको केही छ कि ?
हामी जो जे जहाँ, र जुनसुकै अबस्थामा भएपनि बास्तबिकतामा हामी नेपाली हौं र नेपाली हुनु को गर्भ गरौं र स्बदेश वा बिदेशमा जहाँ भएपनि सदा सर्बदा नेपाल र नेपालीको हितमा काम गरौं । जय देश , जय एन.आर.एन. ।