२ महिना देखि ओमानमा एक मृत चेलीको लाश अलपत्र
ओमान, १४ जुलाई २०१३:
गत मे ०३,२०१३ मा "अल हेल" भन्ने स्थानमा सडक दुर्घटना भई मृत्यु भएकी प्रमिला माझीको लाश आज २ महिना १० दिन बिती सक्दा पनि अस्पताल मै रहेको जानकारी मा आएको छ । नेपाल दुतावास साउदीका, ओमानका लागी प्रतिनिधी दिपक श्रेष्ठ भन्नु हुन्छ , घटना भए लगतै एजेन्ट लाई खबर गरी आबश्यक कागजातको लागी प्रक्रिया अघि बढाउन सल्लाह दिईएको थियो। तर प्रमिला लाई ओमान ल्याई पुर्याउने एजेन्ट राम चौहान को निश्क्रियता र स्पोन्सरको ढिलाईका कारण लाश पठाउन चाहिने कागजपत्र "नन अब्जेक्सन पत्र" दुतावास बाट पाउन ढिलाई भएको बताउनु हुन्छ ।
यता एजेन्ट राम चौहान भन्छन् मेलै हप्तै पिच्छै फोन गरी स्पोन्सर लाई कागज पत्रको काम सकि प्रमिलाको लाश नेपाल पठाउन सहयोग गनुस् भनेर भनेको छु । यहॉको स्थानियबासी र रिसाहा प्रबृती भएका ओमानी सँग यो बिषयमा दैनिक कुरा गर्न पनि नमिल्ने बताउछन् राम । राम सँग गरिएको टेलिफोन बार्तालाप अनुसार अझै झट्टै लाश नेपाल जान पाउने स्थिती देखिएको छैन ।
अस्पतालमा लास राखेको पनि दैनिक पैसा लाग्ने यो ठाउ‘मा अब अझै यो लाश यसै रहेमा र नेपाल पठाउन सबै कागजीकाम सकिन्जेल सम्ममा कति जरिवाना लाग्ने र कस्ले व्यहोर्ने त्यसको अत्तो पत्तो छैन । यसरी नेपाली लाई ल्यायर गैर जिम्मेबारी प्रबृती देखाउने एजेन्टहरु लाई कारबाही गर्न पर्ने देखिन्छ र सम्बन्धित निकायको पनि ध्यानआकर्शन हुनु जरुरी छ ।
नेपाल ओमान डट कम

