केबुलकारको भाडामा भारी वृद्धि- अब ५७५ रुपैया



साउन ३: मनकामना केबुलकारको टिकट शुल्कमा भारी वृद्धि गरिएको छ । महँगी बढेको भन्दै साउन १ गतेदेखि लागू हुने गरी व्यवस्थापनले टिकटको शुल्कमा रु १५० बढाएको हो । यसअघि टिकटको मूल्य रु ४२५ कायम थियो । सबै क्षेत्रमा महँगी बढेको कारण टिकट शुल्क बढाउनुपरेको मनकामना दर्शन प्रालिका प्रबन्धक डिएन कायस्थ बताउनु हुन्छ ।

मनकामना केबुलकार नेपालको पहिलो र एकमात्र केबुलकार हो । चितवनको दारेचोक गाउँ विकास समिति वडा नं ३ कुरिनटारबाट केबुलकार चढेर गोरखाको मनकामना मन्दिरको दर्शन गर्न जाने श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ । मूल्य वृद्धिसँगै मन्दिर दर्शनका लागि जाने भक्तजनहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।




स्रोत: रासस