अफगानी जेलबाट मुक्त भएका थापा- आइ.एस.आइसँग साँठगाँठ भएको भनेर जेल हालेको हो
साउन ३: अफगानी राष्ट्रपति हमिद करजाइले २० वर्षको जेल सजाय आममाफी गरिदिए पछि नेपाल फर्केका तिलबहादुर थापाले आफूलाई पाकिस्तानी जासुसी संस्था आइ.एस.आइसँग साँठगाँठ भएको अभियोगमा पक्राउ गरिएको बताएका छन्। 'अफगानिस्तान सम्बन्धी सूचना आइ.एस.आइलाई दिएको अभियोगमा अफगानी जासुसी संस्था एनडिएसले पक्राउ गर्यो', बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले भने- 'अर्काको मुलुकमा अनाहकमा चरम यतना भोग्नु पर्यो।'
हेलमण्ड प्रान्तको एक बहुराष्ट्रिय निर्माण कम्पनीमा सुरक्षा प्रमुखको रुपमा कार्यरत थापालाई अफगानिस्तानको सर्वोच्च अदालतले २० वर्षको जेल सजाय सुनाएको थियो। स्थानीय र पुनरावेदन अदालतले १६ वर्षको सजाय सुनाएकोमा सर्वोच्च अदालतले ४ वर्ष थपेर २० वर्ष पुर्याएको थियो।
उनले विदेशमा जोखिमपूर्ण रोजगारी गरेका नेपालीहरुलाई उद्दारकालागि सरकारले काम गर्नु पर्ने भन्दै आफ्नो रिहाइमा सरकारले असल अविभावको भूमिका निर्वाह गरेको बताए।
अफगानिस्तानका दिन सम्झँदै थापाले सुनाए- 'जासुसी संस्था एनडिएसले कम्पनीमै कार्यरत महम्मद अस्गरलाई पक्राउ गरेको थियो। र उनले यातना सहन नसकी मेरो नाम समेत पोलेकोले अनाहक सजाय भोग्नु पर्योन।' थापाले अफगानी जेलमा आफूलाई चरम यातना दिएको बताए।
१३ जुलाइमा रिहा भएको भोलिपल्ट स्वेदश फर्कका थापाले आफ्नो रिहाइको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई धन्यवाद दिए रिहाइमा सहयोग गर्ने तत्कालिन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदुत भरतराज पौड्याल लगायतलाई उनले धन्यवाद दिए।
स्रोत: अन्य पत्रीका
अफगानिस्तानी जेलहरु का केही तस्बिरहरु:





