ओमान नेपाली एकता समाज द्धारा महिला बिभाग गठन

५-साउन, ओमान :

संसारका मजदुर एक हौ, प्रवाशी नेपाली एक हौ, श्रमिकका हक अधिकारको रक्षा गरौं भन्ने मुल नाराका साथ श्रमजीवी नेपालीहरुलाई स्थानीय समस्याहरु सीत जूध्न बल पूगोस तथा संसार भरी छरीएर रहेका श्रमजीवी नेपालीहरु को समस्या तथा प्रवाशी महिलाहरु को समस्या समाधानको प्रयासमा अझै क्रान्ती पूग्ने बिश्वासका साथ ओमान नेपाली एकता समाज केन्द्रिय समिती अन्र्तगत महिला बिभाग गठन गरिएको छ । ओमान नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा अल खोइएरको बगैचामा भेला गराई १३ जना कार्यकर्ता तथा १५ जना साधारण सदस्य सहितको २८  सदसिय महिला बिभाग गठन भएको हो ।

अध्यक्ष: महिला बिभाग 
ओमान नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार चन्द्रमणी शर्माको अध्यक्षता तथा सचिव छवीलाल बस्नेतको सन्चालन रहेको भेलामा महिलाहरु का विचमा ब्यापक छलफल तथा सर–सल्लाह गरी कार्यक्रता चयन गरीएको छ । ओमान नेपाली एकता समाज केन्द्रिय समिती महिला बिभागकी अध्यक्षमा कमला खनाल चयन हुनु भएको छ । कोषाध्यक्ष मा माया क्षेत्री, सचिव मा मन्जु वानिया तथा सदस्यहरुमा गीता लिम्बु, मनु बि.क, रीता चौधरी, जय कुमारी थापा, इन्दिरा गरुङ्ग, सर्मिला कुमाल, निरु दर्जी,  टिकादेवी नेउपाने, खुमिसरा कुवार रहनु भएको छ भने सल्लाहाकार मा मुना नेपाल श्रेष्ट रहनु भएको छ ।

नव गठित महिला बिभागलाई समाजका पदाधिकारीहरु सोभाकान्त लामिछाने, शिवलाल गिरी, धन बहादुर क्षेत्री, शालीकराम आचार्य, बिष्णु अर्याल लगाएत पत्रकार पशुपती जी.सी ले शुभकामना ज्ञापन गरेका थिए । धन्यावाद मन्तब्यका क्रममा बिभागकी अध्यक्षमा कमला खनाले आफ्नो बिभाग लाई प्रशिक्षणको आवशयकता रहेकोले बिषेश प्रशिक्षण कक्षाहरुको आयोजना गरी दिनका लागी अन्तराष्ट्रीय नेपाली एकता समाजका सदस्य तथा ओमान नेपाली एकता समाजका अध्यक्ष शोभाकान्त लामिछाने लाई आग्रह गर्दै  १५ जना सादहर्ण सदस्य दिदीबहिनीहरु लाई पनी छिटो भन्दा छिटो प्रशिक्षण दिएर पूर्ण सदस्य बनाउन सहयोग गर्न का लागी अनुरोध गर्नु भएको छ । भेलामा महिलाहरुका हक अधिकारलाई कालौं काल देखी कसरी हनन गरीएको छ भनी बिस्तार सहित प्रकाश पारीएको थियो ।

स्रोत: शालीकराम आचार्य, ओमान, मस्कट