प्रचण्डद्वारा अध्यक्षको एकल नेतृत्व प्रस्ताव
५ साउन:
एमाओवादी विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदीय विवाद समाधान गर्न एकल नेतृत्वको प्रस्ताव गरेका छन् । ललितपुरको खन्ना गार्मेण्टमा शुक्रबार शुरु भएको विस्तारित बैठकमा प्रचण्डले अध्यक्ष मात्र रहने पार्टीको संगठनात्मक संरचना प्रस्ताव गरेका हुन् ।
पदीय विवाद समाधानका लागि बोलाइएको विस्तारित बैठकमा प्रचण्डले अरु सबैलाई केन्द्रीय सदस्य राख्ने र पदाधिकारी नरहने संरचना प्रस्ताव गरेका हुन् । पाँच बुँदामा रहेको उनको प्रस्तावमा शनिबारबाट छलफल शुरु हुनेछ । प्रस्तावमाथि छलफल गर्न १६ वटा समूह बनाइएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अध्यक्षको एकल नेतृत्व चुनावसम्म कायम राख्ने र त्यसपछि पार्टीको संगठनात्मक महाधिवेशन गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख रहेको एक नेताले जनाए । विस्तारित बैठक शुरु हुनुअघि पार्टी कार्यालयमा बसेको नेताहरुको बैठकले अध्यक्षमात्र रहने एकल नेतृत्वको प्रस्तावमा सहमति गरेको थियो ।
विस्तारित बैठकको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र बेला–बेलामा खटपट देखा पर्ने गरे पनि आफूहरु एकताबद्ध हुन सक्षम रहेको बताए । उनले भने, ‘क्रान्तिकारीहरु कहिले कुखुराजस्तो खोस्रिन्छन्, त्यस बेला केहीले कुखुरै रहेछन् कि भन्ने सोंच्छन् तर वास्तवमा क्रान्तिकारीहरु चील हुन्, उड्छन् ।’
प्रचण्डले हेटौंडा महाधिवेशनले जनतामा माओवादीप्रति ठूलो विश्वास जन्माएको भए पनि कार्यशैली र सांगठनिक अवस्था पूर्ण रुपमा सुधार्न नसकिएको स्वीकार गरे । प्रचण्डले भने, ‘हेटौंडा महाधिवेशनले जनतामा विश्वास पैदा गर्यो, अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक सन्देश दियो तर कार्यशैली र पार्टीको संगठनबारे समग्र कार्यदिशा विकास गर्न सकेनौं ।’
उपाध्यक्षबाट पदत्याग गरेका डा. बाबुराम भट्टराईले सो अवसरमा आफ्नो पद त्याग समस्या नभएर समाधान भएको बताए । भट्टराईले भने, ‘केहीले मेरो पद त्यागलाई समस्या र मोलमोलाइको रुपमा बुझेका छन् तर वास्तविकता त्यस्तो होइन, यो समाधान हो ।’ केही शक्ति एमाओवादी सिद्धियोस् भनेर लागिपरेका भए पनि पार्टी कमी–कमजोरी सुर्धार्दै झन् बलियो भएर अगाडि बढ्ने भट्टराईको भनाइ थियो । उनले बैठकपछि नयाँ एकताको आधारमा जनताका बीचमा जाने पनि उल्लेख गरे । पद त्याग गरेका भट्टराईलाई महासचिव पोष्टबहादुर बोगटीले उपाध्यक्ष भनेर सम्बोधनको लागि बोलाएपछि उनले सम्बोधन गरेका थिए ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले कार्यदिशा र संगठनात्मक आचरणबीचमा अन्तर्विरोध देखिँदा पार्टी बुर्जुवा हुने खतरा रहेको औँल्याए । अन्तर्विरोधकै कारण कांग्रेस र एमाले बुर्जुवा बनेको भन्दै उनले माओवादी क्रान्तिकारी बनिरहनु पर्ने धारणा व्यक्त गरे ।