‘अहिले प्रेस सँग बोल्ने बेला भएको छैन’
५ साउन:
शक्तिशाली पदको रुपमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुख्य आयुक्त लोकमानसिंह कार्कीले पत्रकारहरुलाई कार्यालयका काम–कारवाहीबारे सामान्य जानकारी आफ्ना प्रवक्तामार्फत् दिने गरेको बताए । ‘मैले अहिले नैे प्रेससाग बोल्ने समय आएको छैन ।’ उनले भने । अहिले थालेको कामको परिणाम अबको दुई महिनापछि आउने उनको भनाइ छ । ‘त्यसपछि मात्र प्रेस सँग बोल्छु ।’ अख्तियार प्रमुख कार्कीले थपे ।
उनी खरो प्रशासक मात्र नभएर ओशो सन्यासी पनि हुन् भन्ने कमैलाई थाहा होला । दुई वर्षअघि ओशोको दीक्षा लिएका कार्कीको सन्यासी नाम ‘स्वामी आनन्द चैतन्य’ हो । उनी हरेक शनिबार काठमाडौंको नागार्जुन डाडास्थित ओशो तपोवनमा पुगी त्यहाको शान्त वातावरणमा एक घण्टा ध्यान गर्नुका साथै त्यहाका संरक्षक स्वामी आनन्द अरुणसाग आवश्यक सल्लाह–सुझाव पनि लिएर फर्कने गरेको कार्कीले बताए । उनले आफूमात्र होइन , सधैं कामको तनावमा रहने देशका सचिव र आफ्ना सहकर्मीहरुलाई पनि त्यहा पुर्याउने गरेका छन् ।
ठूलो विरोध हुँदा हुँदै पनि एक महिनाअघि राष्ट्रपतिले उनलाई अख्तियार प्रमुखमा नियुक्त गरेका थिए । नियुक्ति भएकै भोलिपल्ट देखि कार्कीले काठमाडौंवासी लाई विषाक्त दूध खुवाइरहेका दुग्ध विकास संस्थान तथा निजी दुग्ध कम्पनीहरुमा छापा हान्न लगाएर कारवाही प्रक्रिया थालेका थिए । त्यसको एक हप्ता नबित्दै वर्षौंदेखि करोडौंको भ्याट छलेर देशलाई घाटा पुर्याइरहेका एक हजार व्यापारीका थन्किएका फायलहरु धमाधम खोल्ने काम शुरु गरे । कुर्सीमा बसेको तीन हप्ता नबित्दै उनले पद दुरुपयोग गरी अकुत सम्पत्ति जम्मा गरेका आरोपीहरुमध्ये पहिलो चरणमा २ सय ६० जनाका बैंक लकर र खाता रोक्का गरी सम्पत्तिको स्रोत खुलाउन पत्र लेख्ने काम गरे । तीमध्ये विश्वकै अर्बपतिहरुको सूचीमा यसै वर्षदेखि नाम आउन थालेका विनोद चौधरी देखि सशस्त्र प्रहरीका आईजीपी कोषराज वन्त, जनपद प्रहरीका डीआईजी राजेन्द्रसिंह भण्डारी, स्वास्थ्य शिक्षण संस्थाहरुका वरिष्ठ डाक्टरहरु छन् । यसरी अहिले सम्म पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएर देशलाई लुटिरहादा पनि कुनै सरकारको पालामा कारवाही चलाउन नसकिएकाहरु माथि कार्कीले कारवाही थालेपछि कालो धन जम्मा गर्नेहरु माझ ठूलो भुइचालो नै गएको छ ।
यतिमात्र होइन, आफूलाई मुख्य आयुक्तमा नियुक्त गर्न सिफारिस गर्ने प्रमुख दल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईमाथि नै कार्कीले छानविन प्रक्रिया थालेका छन् । लडाकूको तलब–भत्तामा अनियमितता भएको भन्ने विभिन्न व्यक्ति र समूहले दिएको उजुरीका आधारमा सो छानविन थालिएको कार्कीले बताए । अहिले आफू सामु ठूलै चुनौतीहरु भए पनि देश र जनताका लागि आफू एक कदम पनि पछि नहट्ने दृढता उनले व्यक्त गरे । ३ वर्षदेखि थन्किएर बसेका फायलहरु खोल्न थालेकोले आफू अहिले साह्रै व्यस्त हुने गरेका कारण तनावमुक्त हुन पनि सातामा एक दिन ओशो तपोवन जाने गरेको उनी बताउछन् ।
उनले ओशो र अरुण स्वामीबाट आफूले सधैं निष्ठापूर्वक जागृत रहेर काम गर्ने शक्ति र प्रेरणा पाउने बताए ।
स्रोत: आनन्द कार्की