निर्वाचन नभए राष्ट्रियतामा प्रश्नचिन्ह–कोइराला
काठमाडौँ, ५-साउन:
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अहिले राष्ट्रियता कमजोर भएका बेला केही गरी चुनावमा अलमल भयो भने नेपालको अस्तित्वमा प्रश्न चिन्ह लाग्ने भएकाले निर्वाचन अत्यावश्यक भएको बताउनुभएको छ । “राष्ट्रियता यति कमजोर छ, यस्तो बेला चुनाव अलमल भयो भने नेपालको अस्तित्वमै प्रश्न चिन्ह लाग्छ, त्यसर्थ पनि चुनाव अवश्यम्भावी छ, चुनाव अव कसैले रोक्न सक्दैन”–सभापति कोइरालाले भन्नुभयो ।
नेपाली काँग्रेस लमजुङ क्षेत्र नम्बर १ द्वारा राजधानीमा रहेका पार्टीका जिल्लावासी नेता कार्यकर्तालाई "चुनावका लागि जिल्ला जाऔं" भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा सभापति कोइरालाले चीन, भारत र युरोपेली युनियन लगायत अन्तर्राष्ट्रिय समुदायको पनि चुनावका लागि ठूलो दबाब रहेकाले चुनाव टार्न सकिँदैन भन्नुभयो ।
लामो समयदेखि स्थानीय निकायको चुनाव नहुँदा भ्रष्टाचार बढेको उल्लेख गर्दै उहाँले अहिले सरकारले पनि चुनावको तयारी गरेको छ र दल तथा जनता पनि चुनावका लागि उत्साही भएका छन् भन्नुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद वडुले नेकपा–माओवादी पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै निर्वाचन शर्त नभएर विषय भएकाले निर्वाचन भन्दा बाहिर जाने विषयमा वार्ता हुन सक्दैन भन्नुभयो । निर्वाचन हुन नदिने षड्यन्त्र भित्र वा बाहिरबाट आउन सक्ने आसंका छ तर लोकतन्त्रका लागि यो निर्णायक निर्वाचन भएकाले अहिले निर्वाचन प्रति विमती राख्नेहरु समेत सबैको सहभागितामा निर्वाचन भएर संविधान बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो ।
नेपाली काँग्रेस लमजुङ क्षेत्र नम्बर १ का सभापति विष्णु धितालको सभापतित्वमा भएको सो कार्यक्रममा नेताहरु रामचन्द्र अधिकारी, रामबहादुर गुरुङ र तुलसीनारायण श्रेष्ठले राजधानीमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई जिल्लामा गएर चुनावी अभियानमा सहभागी हुन अपिल गर्नुभयो । सो अवसरमा सभापति कोइरालाले विश्व हिन्दु महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष रामचन्द्र अधिकारी र सामुदायिक पुस्तकालय समितिका अध्यक्ष गणेश न्यौपालेलाई सम्मान गर्नुभएको थियो ।
स्रोत: रासस