गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने खोज्ने १० नेपाली पक्राउ

काठमाडौं, ९ साउन :

गैरकानूनी रुपमा मेक्सिकोबाट ट्रकमा लुकेर गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने १० जना नेपालीलाई त्यहाँको सीमा प्रहरीले मेक्सिकोको चियापास राज्यमा पक्राउ परेका छन् ।  १० जना नेपाली, ९ जना बंगलादेशीसहित ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । अध्यागमनमा राखिएको स्क्यान मेसिनको सहयोगले उनीहरु ट्रकमा लुकेर बसेको पत्ता लगेपछि पक्राउ गरिएको हो ।


एसियाका १९ जनाबाहेक बाँकी व्यक्ति ग्वाटेमाला, एल साल्भाडोर र होन्डुरस लगायतका मुलुकका रहेका रोयटर्सले जनाएको छ । उनीहरू ट्रकमा लुकेर अमेरिकातर्फ जाँदै थिए । राम्रो रोजगारीको आशामा कयौं नेपालीहरू लाखौँ रकम दलाललाई बुझाएर मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने गर्दछन् ।

ट्रकमा अमानवीय र यातनापूर्ण तरिकाले बसेकाले धेरै जसोको हात र खुट्टामा चोट लागेको र श्वासप्रश्वासमा समस्या भएका कारण कतिपय बिरामी अवस्थामा भेटिएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्यूटले जनाएको छ।

,