ओमानमा महिला समुह ओमान द्धारा भब्य अग्रिम तिज कार्यक्रम सम्पन्न

ओमान,अगस्त १८ :
नेपाल सांस्कुतिक सम्पदामा अति नै धनि देश, यो शब्दमा मात्रै हैन नेपालीहरु जहॉ रहेपनि यो बाक्यांशलाई सार्थक पारेका छन् । यस्तै नेपाली संस्कुति जोगाउ भन्ने अभियानमा लागेका ओमानको चेलीबेटी को साझा संस्था महिला समुह ओमानद्वारा आफ्नो दोश्रो प्रस्तुती स्बरुप यही १६ अगस्ट, शुक्रबारका दिन ओमानका रहेका नेपालीहरुलाई नेपाल नै बिर्साउने गरी हरितालीका तिज बिषेश कार्यक्रम भब्यता का साथ सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रममा नेपाली चेलिबेटि लगाएत नेपाली युबाहरुको पनि निकै बाक्लो भिड थियो । कार्यक्रमलाई बिभिन्न चरणमा सम्पन्न गर्दै संञ्चालिका तथा कार्यक्रम संयोजक अन्जु लामाले कुशल संञ्चालिका को भुमिका सम्पादन गर्नुभयो ।

महिला समुहकी अध्यक्ष पाबर्ती श्रेष्ठको सभापतित्वमा औपचारिक रुपमा कार्यक्रमको सुरुवात लगतै आशन ग्रहणको कार्यक्रममा ओमानका संघ संस्थाका अध्यक्ष, प्रतिनिधी तथा बिषिश्ठ व्यक्तिहरुलाई मञ्चमा आमन्त्रण गरी आसन ग्रहण तथा व्याज बितरण कार्यक्रम भएको थियो । परम्परागत शैलिमा चेलिले घरमा पाएको दुखलाई माइतीमा गितका माध्यम बाट पोख्ने मौकाको रुपामा लिइने हरितालीका तिजलाई प्रबाशी चेलिबेटीहरुले पनि प्रबाशमा पाएको दुखलाई पौख्दै मनोरोञ्जनात्मक तबरले मनाए ।

"ओमानका सम्पुर्ण संघ संस्थालाई गोलबढ्द भई एक छत्रमा आउन आग्रह तथा एकतामा शक्ति हुन्छ र अनि एकताले जित्न सकिन्छ भन्ने धारणा प्रस्तुत गर्दै हरितालिका तिजको शुभभकामना ब्यक्त गर्नु भयो" एन.आर.एन.ए ओमानका अध्यक्ष डि.बि क्षेत्री ले । त्यस्तै बुद्धभिजन ओमानको तर्फबाट बोल्दै ओमकार तामाङ्ग ज्युले महिला समुह ओमानले गरेको उक्त कार्यक्रमको प्रसंशा गर्दै धन्यबाद ज्ञापन गर्नुभयो । सगरमाथा समुह ओमानका नव निर्वाचित अध्यक्ष राजेन्द्र चौधरी पनि महिला समुहलाई धन्यबाद व्यक्त गर्दै बिदेशी भुमिमा पारिश्रम गरी यस प्रकारले नेपाली संस्कृति जर्गेना गर्ने कार्यक्रम संञ्चालन गरेकोमा खुशी व्यक्त गर्नु भयो । त्यस्तै ओमान नेपाली एकता समाजका अध्यक्ष महिला समुहको आदारलाई स्विकार तथा सरहना गर्दै प्रदेशका नेपालीहरु लाई सरकारले वास्ता नगरेको भनि चुनाब अधिकार माग गर्नु भएको छ तथा बिदेशबाट फर्केका नेपालीले पनि मत हाल्न पाउन पर्ने बाताबरण मिलाउन नेपाल सरकार लाई आग्रह गरे । नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ् भन्नुहुन्छ महिलाहरु पनि यसरी जागृत भएर गरेको कार्यक्रमको प्रशंशनिय छ, तथा यसरी नै प्रगती पथमा लाग्न आग्रह पनि गर्नु भयो । मन्तव्यमा बोल्दै नेपाली दुतावास साउदीका ओमानका लागी प्रतिनिधी रहनु भएका दिपक श्रेष्ठले दुतावास स्थापना सम्बन्घि भइरहेको प्रगतीको बारेमा जानकारी दिनुभयो तथा जो गलत तरिकाले ओमान आउनु भएको छ उहॉहरु नेपाल फर्कदा नेपाल सरकार को कार्वाहिमा पर्ने भएकोले,उहालाई सम्पर्क गरी आवश्यक प्रकृया पुर गरी मात्र फर्कन आग्रह गर्नु भयो ।

अधिकांश महिलाहरु घरयासी काममा रहेका यो देशमा एक दिन भए पनि आफ्नो दुख र पिरलाई भुलाई नाचगानमा ब्यस्त भएको देख्दा लाग्थ्यो कि हामीहरु बिदेशमा नभई आफ्नै आगनमा छौ । आफ्नो प्रस्तुती प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरोञ्जन प्रदान गर्नु हुने मुना नेपाल,पुजा गरुङ्ग,माया कार्की तथा नानु गुरुङ्ग र बिकाश गुरुङ्ग लगाएतको नृत्य पनि प्रसंशनिय रहेको थियो ।

उक्त हरितालिक तीज कार्यक्रमको मिडिया पार्टनर नेपालओमान डट कम, अर्थ र रोजगार तथा प्रवाश खबर रहेको छ ।




















पि.बि श्रेष्ठ