सबै राजनीतिक दलले भाग लिने वातावरण बनाउन राष्ट्रपतिको सुझाव
९ साउन
राष्ट्रपति डा. रामवरण यादव सँग नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मङ्गलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी आफ्नो भारत भ्रमणबारेमा जानकारी गराएका छन् ।
भेटमा राष्ट्रपति डा. यादवले निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिने वातावरण बनाउन र निर्वाचनको प्रतिकूल कार्य हुन नदिन ठूला दलले पहल गर्नुपर्ने सुझाव दिएको नेता नेपालले सञ्चारकर्मीलाई बताए ।
नेता नेपालले बुधबारदेखि भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणमा भारतको भ्रमण गर्दैछन् । पाँच दिने सो भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले भारतका केही वरिष्ठ नेता सँग भेट गर्ने तथा नालन्दा विश्वविद्यालयको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनका साथमा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मामिला विज्ञ राजन भट्टराई पनि रहनेछन् ।