अधिकारी दम्पत्तिको जीवनरक्षाका लागि सिंहदरबारमा धर्ना


२९ साउनछोराका हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि राजधानीमा अनशन बस्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीको जीवनरक्षार्थ सरकारको ध्यानाकर्षण गराउँदै अधिकारकर्मीहरुले आज सिंहदबारमा धर्ना दिएका छन् । सिंहदबार दक्षिणढोकामा पुगेका अधिकारकर्मीहरुले दोषीमाथि कारबाही गरी पीडित परिवारलाई न्याय दिन तथा अनशनमा बसेका अधिकारी दम्पतिको जीवनरक्षा गर्न ध्यनाकर्षण गराएका थिए । 

न्यायका लागि अस्पतालको शैयाबाट अधिकारी दम्पत्ति लडिरहेको भएपनि त्यसतर्फ सरकार र सरोकारवाला निकाय उदासीन बनेको भन्दै अधिकारकर्मीहरुले आक्रोश पोखेका छन् । सिंहदबार पूर्वी गेटमा धर्नामा बसेका अधिकारकर्मीहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । २०६१ सालमा गोरखा फुजेलका १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई माओवादीले सुराकीको आरोप लगाउँदै चितवनमा निर्मम हत्या गरेको थियो ।

स्रोत: ए वान न्युज

,