यौन सम्पर्क गर्न नपाउँदा पत्नी कुट्नेलाई हाजिर गराउन आदेश

२९ साउन, काठमाडौं

 यौन सम्पर्क गर्न नपाएको भन्दै पत्नीलाई कुटपिट गरी घरबाट निकाल्ने मकवानपुरका एक व्यक्तिलाई २४ घन्टा भित्र उपस्थित गराउन जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ ।

भीमफेदी– ६ का ५५ वर्षीय रामचन्द्र सुनारकी पत्नी ४९ वर्षीया चम्पामायाले पति विरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दाको सुनुवाइ हुँदा आइतबार अदालतले रामचन्द्रलाई बाटोको म्याद बाहेक २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन अन्तरिम आदेश दिएको हो ।

चम्पामायाले आफूलाई पतिले सधैं यौन सम्पर्क गर्न खोज्ने, यौन सम्पर्क गर्न नदिएपछि कुटपिट गर्ने गरेको भन्दै उजुरी गरेकी हुन् । प्रहरीका अनुसार सात सन्तानकी आमा भइसकेकी उनले आफूले विगत नौ वर्षयता पतिबाट यौनजन्य हिंसा सहँदै आएकी बताएकी छन् ।