रामेछापमा पहिरोबाट ७ जनाको मृत्यु
२९ साउन, काठमाडौं
रामेछाप स्थित खिम्ती बजारमा सोमबार मध्यरातमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । अविरल वर्षा सँगै राति ११ बजेतिर बजारमा पहिरो गएको हो ।
बजार नजिकै रहेको खोलामा बाढी आएपछि गएको पहिरोले खिम्ती(२) का ३ जना, खिम्ती(३) का १ जना, खिम्ती(४) का ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पहिरोमा परी ६ जना घाइते भएका छन् भने पुरिएर ५ जना हराइरहेका छन्। घाइतेलाई उपचारका लागि दोलखाको गिर्नेटारस्थित अस्पताल तर्फ पठाइएको प्रहरीले जनायो । पहिरोले पुल बगाए पछि पुष्पलाल मार्गमा यातायात बन्द भएको छ । बजार पहिरोको जोखिममा छ । बजारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।
पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका ३ जना छन्। ५५ वर्षीय मिठो थापा, उनका १३ वर्षीय छोरा केदार र २३ वर्षीया छोरी स्वास्थानीको मृत्यु भएको हो। त्यस्तै १३ वर्षीय सीता सुनार, ५५ वर्षीय भीमबहादुर तामाङ, उनकी पत्नी बाटुलीमाया तामाङ र अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने एकजनाको सनाखत हुन बाँकी छ ।