सेना परिचालनको तयारीमा विप्वल
काठमाडौं, १६ मंसिर । वैद्य नेतृत्वको माओवादीले क्रान्ती गर्न नसक्ने र कार्यकर्ता अलमल्याउने काम मात्रै गरेको आरोप लगाउदै नयाँ पार्टी गठन गरेका माओवादी नेता नेत्रविक्रम चन्द विप्लवले एकीकृत माओवादीका पुराना र युद्धकालीन नेताहरुलाई गोप्य रुपमा भेटन थालेका छन । चितवनमा भेला गरेपछि विप्लव र अन्य नेताहरु धर्मेन्द्र वास्तोला, खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरु आन्तरिक र गोप्य भेटघाटमा व्यस्त हुन थालेका हुन् ।
को–को भेट्दैछन् ?
विप्लव नेतृत्वको माओवादीका नेताहरुले यतिबेला एकीकृत माओवादीभित्र पेलानमा परेका र इमान्दार नेताहरुसँग भेटघाट गर्न थालेका हुन् । कतिपयलाई फोनवार्ता त कतिपयलाई प्रत्यक्ष भेटेर पुनःयुद्धका लागि आग्रह गरिरहेका छन् । भेटघाट क्रममा उनिहरुले माओवादी सेनाका पूर्वकमाण्डरहरुसँग एक चरण छलफल चलाइसकेको स्रोतले बतायो । उनीहरु अहिले एकीकृत माओवादीका केन्द्रीय स्तरका नेताहरुसँग गोप्य भेटघाट चलाइरहेका छन् । पुरानो पार्टीले बनाएको संरचनाभित्रका राज्यका प्रभावशालीहरुलाई विप्लवले बढी जोड दिएर आफूतिर तान्ने प्रयत्न गरिरहेका छन् । उनी निकट एक नेताले भने–युद्धमा दुःख गरेका, प्रभावशाली, जनस्तरमा भिजेका तर अहिले पार्टीमा दोस्रो दर्जाको व्यवहारले पीडितहरुसँग छलफल गम्भीर ढंगले चलिरहेको छ ।
एमाओवादीका केन्द्रीय सदस्य युवा नेता खगराज भट्टसँग विप्लव आँफैले भेट्दैछन् । भट्ट एमाओवादीका सेती महाकाली राज्य समितिका संयोजकसमेत हुन भने उनको प्रभाव भेरी कर्णाली राज्यमासमेत गतिलो मानिन्छ । स्रोतले भन्यो–संयोजक विप्लवले एक÷दुई दिनभित्रै भट्टसँग भेट्दैछन् । नेता भट्ट एमाओवादीभित्र भट्टराई निकटका मानिन्छन् ।
विप्लवसँगको गोप्य भेटको तयारीको सूचनाका आधारमा खबरसाथीले भट्टसँग कुरा गर्दा उनले भने– ‘विप्लव’ एक क्रान्तिकारी र इमान्दार नेता हुन् । अहिले नै विप्लवको योजनामा हामफाल्ने भन्नेबारे त केही कुरा भएको छैन तर कुराकानी भने चलिरहेको भट्टले स्पष्ट सुनाए । ‘साँच्चै युद्धको घोषणा भयो भने सोच्न सकिन्छ तर केही विषयमा कुराकानी मिलेको छैन’, उनले भने । यदि भट्ट विप्लव समुहमा प्रवेश गरे भने प्रचण्ड र बावुरामलाई ठुलो झट्का त लाग्ने नै छ भने चार सय बढी माओवादी नेता तथा कार्यकर्ता भट्टसंगै विप्लव समुहमा प्रवेश गर्ने पक्का छ । किनभने उनी सेती–महाकालीका प्रभावशाली नेतामा गनिन्छन् ।
नयाँ एजेण्डा खोज्दै विप्लव
पुरानै ऐजेण्डा र शैलीले एक दशकको अन्तरालमा क्रान्ति सम्भव छैन भन्ने बुझेर होला विप्लव नेतृत्वको माओवादी नयाँ ऐजेण्डाको खोजी गरिरहेका छन् । विप्लव आँफै एक सम्पन्न ठकुरी खानदानमा हुर्किएर पनि क्रान्तिको बाटो हिंडेका विद्रोही नेता हुन । माओवादी स्रोतका अनुसार अहिले देशभित्र मुख्य एजेण्डा र बहसको रुपमा उदाउँदै गरेको धर्म निरपेक्षताको मुद्दामा विप्लवले न विरोध, न समर्थनको नीति लिँदैछन् । यो मौन रणनीतिभित्र अन्ततः हिन्दू राज्यकै नारालाई समाउने भन्ने रहेको उनले अथ्र्याए । हिन्दू राज्यको नारा अघि सार्दा राजा र राजावादी शक्तिहरु सकारात्मक हुने रणनीतिक सोंचाई विप्लवमा रहेको उनको वुझाई छ । राजावादी र देशभक्त शत्तिहरुलाई एकै मोर्चामा ल्याउन सके नेपाली सेनामा पनि प्रभाव पार्न सकिने विप्लवले गोप्य भेलामा ब्रिफिङ गरेको स्रोतको दावी छ । यसैगरी, सीमा विवादको मुद्दा उठाउने, एमाओवादीभित्र रातारात अकुत आर्जन गर्नेहरुको सम्पत्ति खोस्ने, कतिपयलाई सफाया दिने, जमिन्दारको जग्गा कब्जालाई व्यापक बनाउने, जनसत्ता र जनसरकार ब्यूँझाउने योजना विप्लवको क्रान्तिभित्र समेटिन सम्भावना रहेको ती नेताले बताए । रातारात धनाढ्य बनेका माओवादी नेताहरुमाथि प्रहार गर्दा उनीहरुबाट विछिप्त कार्यकर्ताहरु आफ्नो क्रान्तिमा हामफाल्ने विप्लवको बुझाइ छ ।
प्रचण्ड र वैद्यलाई बढी ‘टेन्सन’
विप्लवले पार्टी फोड्नुअघि एक अर्कालाई गाली र आरोप लगाउदै आएका दुवै माओवादीका अध्यक्ष प्रचण्ड र मोहन वैद्य यतिबेला उत्तिकै टेन्सनमा छन् । विप्लवले क्रान्तिको घोषणा गरेसँगै वैद्यको न याता न उताको राजनीति ड्यामेज हुने र प्रचण्डले ‘साइड सेफ’को रुपमा वक्तव्यबाजी गर्दैै आएको पुनः क्रान्तिको नारा मेटिने निश्चित छ । विप्लवले क्रान्ति छेडेभने वैद्य कि विप्लवकै पछि लाग्ने कि त प्रचण्ड–बाबुरामतिर फर्किनेबाहेक विकल्प छैन । अहिलेको अवस्थामै बसिरहँदा विप्लवको धारले वैद्यलाई भुत्ते बनााइदिने छ । यता संविधानसभामा बसेर बिद्रोहको कुरा गर्ने प्रचण्डलाईभन्दा बिद्रोहको पाइला चालिसकेको विप्लवका पछि नै लाग्नेछन्, एमाओवादीका विद्रोही कार्यकर्ता ।
कति छ विप्लवको तागत ?
यतिबेला देशभरबाट पूर्वलडाकुहरुलाई ठाउँ–ठाउँमा जम्मा गर्ने काम भैरहेको छ, एक नेताले भने । माओवादी नेता डीडी पाण्डेय प्रतिकका अनुसार पूर्वजनसेनाहरु दैनिक रुपमा सम्पर्कमा आइरहेका छन् । स्रोतका अनुसार उनिहरुसँग ५ हजार पूर्व लडाकुहरु सम्पर्कमा छन् भने १५ हजारभन्दा बढी कार्यकर्ता छन् । तत्कालका लागि ५ हजार सेनाले भ्याउने र बढाउदै लैजाने विप्लव माओवादीको योजना छ ।