कांग्रेस पहिलो सत्रु: विप्लव
काठमाडौं, १५ मंसिर । वैद्य नेतृत्वको नेकपा-माओवादीबाट छुट्टिएर नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टीको औपचारिक घोषणा गरेका छन्। राजधानीको राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी नामको नयाँ पार्टी स्थापना भएको भन्दै विप्लवले पार्टीले अब देशको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्ने बताए। उनले यसका लागि प्रचण्ड, किरण, मातृका र मणि थापासँग सहयोगी भएर अगाडि बढ्ने बताए।
पुस २३ देखि २६ गतेसम्म राष्ट्रिय सम्मेलनको घोषणा गरेको पार्टीले विप्लवको संयोजकत्वमा गठित आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई तोकेको छ।
नेपाली कांग्रेसलार्इ प्रमुख शत्रु भनेको विप्लवको पार्टीले कांग्रेसले १२ बुँदे समझदारी उल्लंघन गरेको भन्दै उसले इमान्दारीपूर्वक त्यसको कार्यान्वयन गर्न माग गरेको छ।
कांग्रेसले सहमतिहरू उल्लंघन गर्दा पनि अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघले उपेक्षा गरेको भन्दै विप्लवको पार्टीले ध्याानाकर्षण गराएको छ । उसले १९५० लगायतका असमान सन्धी खारेज गर्न पनि माग गरेको छ।
आफूहरु जंगल जाने, हतियार उठाउने वा युद्ध गर्ने भनी भ्रम फैलाइएको भन्दै विप्लवको पार्टीले त्यसलाई खारेज गरेको भन्दै आफूहरू शान्ति, परिर्वतन र सम्वृद्धि चाहने बताए। राष्ट्रिय स्वाधिनताको अधिकारबाहेक अरु कुनै स्वार्थ नभएको लगायतका १७ बुँदे निर्णय गरेको छ।
पूर्व सभासद पदम राईसहित खड्गबहादुर विश्वकर्मा, इश्वरी दहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, शरतसिंह भण्डारीलगायतका नेताहरू कार्यक्रममा उपस्थित छन्।
अनिल शर्मा, चिरन पुन, कृष्ण अधिकारी, तेजबहादुर मिजारलगायतका नेता तथा जनयुद्ध लडेका लडाकुहरू पनि कार्यक्रममा उपस्थित छन्।