केटी जिस्क्याउँदा फुटे सार्कका गमला

काठमाडौं, १५ मंसिर । सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृह आउने बाटोमा पर्ने प्रदर्शनी मार्गको सौन्दर्यका लागि सरकारले ठूलो खर्च गरेर सडकको दुवै पट्टी गमला राख्यो। ती गमलामा पहिल्यै फूलेका फूल पनि सारियो। सम्मेलनको समापनसँगै ती गमला कतिन्जेल टिक्लान् भन्ने अड्कल काटिँदै गर्दा केही भने सोमबार बिहान फुटे।

जिस्क्याएको निहुँमा त्रिचन्द्र क्याम्पसमा अध्ययनरत केही युवकले आरआरमा पढ्दै गरेका पुस्कर बास्तोला, राजन घिमिरे र विकास अधिकारीमाथि आक्रमण गरे। आक्रमणमा परी तीनैजना घाइते भएका छन्।


दुई क्याम्पसमा पढ्दै गरेका विद्यार्थीको झगडाले क्याम्पसमा तनाव त भयो नै, सार्कका लागि रोपिएका गमला पनि फुटे। 'यो राजनीतिक घटना होइन,' आरआरका स्ववियु सभापति राजकुमार राईले भने, 'केटी जिस्क्याएको विषयमा भएको झगडाले सडक छेउमा राखेको गमला फुटे।'

,