को-को छन् विप्लवको पार्टीमा ?

काठमाडौं, १५ मंसिर । नयाँ पार्टी घोषणा गर्न नेत्रविक्रम चन्द विप्लव पक्षले अहिले राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दैछन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको व्यानरमा हुन लागेको पत्रकार सम्मेलनमा विप्लव स्वयम उपस्थित छन् । विप्लव समूहमा पूर्व सभासद पदम राई पनि उपस्थित छन् । उनी कपिलबस्तु भेलामा नगइ बैद्य समूहमै बसेका थिए ।

यस्तै खड्गबहादुर विश्वकर्मा, इश्वरी दहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, पूर्व सभासद शरतसिंह भण्डारी पनि छन् । अनिल शर्मा, चिरन पुन, कृष्ण अधिकारी, तेजबहादुर मिजार र बाबुराम मिजार पनि मन्चमा छन् ।

कार्यक्रममा केन्द्रीय नेताहरू कम देखिएपनि हल कार्यकर्ताले खचाखच भरिएको छ । हलमा पूर्व लडाकूहरू पनि देखिएका छन् ।

,